९ असार २०८३, मंगलवार
,
Latest
हामी हरेक धक्काबाट उठेका छौँ, फेरि उठ्छौँ : महासचिव पोखरेल रास्वपा महाधिवेशनः आजैबाट निर्वाचन प्रक्रिया सुरु हुने महाधिवेशनमा सबैलाई प्रतिस्पर्धाको अवसर, विवेकका आधारमा नेतृत्व छान्न सभापति लामिछानेको आग्रह चितवनमा रास्वपाको बन्द सत्र सुरु नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो रास्वपा महाधिवेशनमा प्रतिनिधि शुल्क नलिने निर्णय, बुझाएको रकम फिर्ता लिन सकिने समस्याग्रस्त बाघ व्यवस्थापन गर्न ‘टाइगर सेन्चुरी’ योजना मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

तिरुमा एकिकृत वस्ति निर्माण तिव्र



अ+ अ-

रसुवा । उत्तरगया गाउँपालिका वडा नम्बर १ तिरुमा निर्माणाधिन एकिकृत बस्तीको निर्माणको काम धमाधम भईरहेको छ। रसुवाबाट प्रतिनिधिसभामा निर्वाचित सासंद एवं काँग्रेस केन्द्रिय सदस्य ईन्जिनियर मोहन आचार्य, प्रदेशसभा सदस्य प्रेम तामाङ लगायतको सहयोगमा पूर्वाधार सहित तिरु एकिकृत बस्ती निर्माणको काम अगाडि बढीरहेको उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्सालले जानकारी दिनुभयो ।

अहिले एकिकृत बस्तीमा गुम्बा, खानेपानी योजना निर्माण र विस्तापित परिवारको निजि आवास निर्माणको काम धमाधम भईरहेको छ। २०७२ सालको भुकम्पले तिरुमा नराम्रो क्षेति गरेको थियो। आफ्ना भवनहरु भुकम्पले भत्किए पछि तिरु बासीहरु विस्थापित जिवन विताई रहेका थिए। सासंद एवं काँग्रेस केन्द्रिय सदस्य आचार्यकै पहलमा तिरुमा एकिकृत वस्ति निर्माणको प्रकृया अगाडी बढेको थियो।

गाउँपालिकाको सहयोग र समन्वयमा निर्माण भईरहेको एकिकृत बस्तीको निर्माण सम्पन्न गर्न आफुहरु लागिपर्ने गाँउपालिका अध्यक्ष उपेन्द्र लम्सालले बताउनु भयो ।