काठमाडौं । नेकपा (एकीकृत समजावादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले सत्ता घटक नेपाली कांग्रेसलाई चेतावनी दिएका छन् । एमसीसी ‘व्याख्यात्मक’ घोषणा गरेर संसदबाट अनुमोदन गरेसँगै कांग्रेसका नेताहरुले निर्वाचनमा कांग्रेसले कुनै पनि पार्टीसँग गठबन्धन गर्न नहुने बताउँदै एक्लै चुनावमा जानु पर्ने अभिव्यक्ति दिएपछि पराजुलीले आक्रोश पोखेका हुन् ।
पराजुलीले नेपाली कांग्रेसका नेता गगन थापा, मिनेन्द्र रिजाल र धनराज गुरुङको नाम लिँदै चेतावनी दिएका हुन् ।उनले धम्की, दम्भ, घमण्ड र छुद्रता नदेखाई सत्ताको धरातल कहाँ छ भन्ने एकचाटि राम्रोसँग गहिराईमा पुगेर हेर्न आग्रह समेत गरेका छन् ।
पराजुलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,
गगन, मिनेन्द्र,धनराज एकचोटि सुन ।-
हाम्रो काँधमा बसेर हाम्रो टाउको हान्ने काम नगर हामिले काँध छोडेको दिन तिम्रो काङ्ग्रेस रुपि पार्टी तातो ढुङ्गामा माछा पछारिए झै पछारिने छ ।
जस्ले सत्ताको कुर्सीमा टेको लगाएको छ उस्ले त्यो टेको झिक्न वा फेर्न पनि जानेको हुन्छ त्यो समयमा त्यो कुर्सी कसरी भाजिन्छ/लड्छ तिमीहरुलाई हेक्का छ ।
अलिकति सत्तागठबन्धनको मर्म र धर्म अनुसार बोल्ने गर ।
धम्की,दम्भ,घमण्ड छुद्रता नदेखिएको राम्रो तिम्रो सत्ताको धरातल कहाँ छ एकचोटी हेर राम्रोसङ गहिराईमा पुगेर ।
यो अहिलेको सरकार काङ्ग्रेसको एकल सरकार होईन ।
सहकार्य/गठबन्धन एकल हुदै हुदैन यस्को भित्री मर्म थाहा छैन भने तिमीहरुले तिम्रो नेता पार्टी सभापति शेर ब.देउवालाई सोधपुछ गर्दा हुन्छ अनि थाहा हुन्छ वास्तविक सत्तागठबन्धनको नक्सा ।












