९ असार २०८३, मंगलवार
,
Latest
हामी हरेक धक्काबाट उठेका छौँ, फेरि उठ्छौँ : महासचिव पोखरेल रास्वपा महाधिवेशनः आजैबाट निर्वाचन प्रक्रिया सुरु हुने महाधिवेशनमा सबैलाई प्रतिस्पर्धाको अवसर, विवेकका आधारमा नेतृत्व छान्न सभापति लामिछानेको आग्रह चितवनमा रास्वपाको बन्द सत्र सुरु नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो रास्वपा महाधिवेशनमा प्रतिनिधि शुल्क नलिने निर्णय, बुझाएको रकम फिर्ता लिन सकिने समस्याग्रस्त बाघ व्यवस्थापन गर्न ‘टाइगर सेन्चुरी’ योजना मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

हामीले काँध छोडेको दिन कांग्रेस तातो ढुंगामा माछा पछारिए झैं पछारिने छ – सुदेश पराजुली



अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समजावादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले सत्ता घटक नेपाली कांग्रेसलाई चेतावनी दिएका छन् । एमसीसी ‘व्याख्यात्मक’ घोषणा गरेर संसदबाट अनुमोदन गरेसँगै कांग्रेसका नेताहरुले निर्वाचनमा कांग्रेसले कुनै पनि पार्टीसँग गठबन्धन गर्न नहुने बताउँदै एक्लै चुनावमा जानु पर्ने अभिव्यक्ति दिएपछि पराजुलीले आक्रोश पोखेका हुन् । 

पराजुलीले नेपाली कांग्रेसका नेता गगन थापा, मिनेन्द्र रिजाल र धनराज गुरुङको नाम लिँदै चेतावनी दिएका हुन् ।उनले धम्की, दम्भ, घमण्ड र छुद्रता नदेखाई सत्ताको धरातल कहाँ छ भन्ने एकचाटि राम्रोसँग गहिराईमा पुगेर हेर्न आग्रह समेत गरेका छन् ।

पराजुलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, 

गगन, मिनेन्द्र,धनराज एकचोटि सुन ।-

हाम्रो काँधमा बसेर हाम्रो टाउको हान्ने काम नगर हामिले काँध छोडेको दिन तिम्रो काङ्ग्रेस रुपि पार्टी तातो ढुङ्गामा माछा पछारिए झै पछारिने छ ।

जस्ले सत्ताको कुर्सीमा टेको लगाएको छ उस्ले त्यो टेको झिक्न वा फेर्न पनि जानेको हुन्छ त्यो समयमा त्यो कुर्सी कसरी भाजिन्छ/लड्छ तिमीहरुलाई हेक्का छ ।

अलिकति सत्तागठबन्धनको मर्म र धर्म अनुसार बोल्ने गर ।

धम्की,दम्भ,घमण्ड छुद्रता नदेखिएको राम्रो तिम्रो सत्ताको धरातल कहाँ छ एकचोटी हेर राम्रोसङ गहिराईमा पुगेर ।

यो अहिलेको सरकार काङ्ग्रेसको एकल सरकार होईन ।

सहकार्य/गठबन्धन एकल हुदै हुदैन यस्को भित्री मर्म थाहा छैन भने तिमीहरुले तिम्रो नेता पार्टी सभापति शेर ब.देउवालाई सोधपुछ गर्दा हुन्छ अनि थाहा हुन्छ वास्तविक सत्तागठबन्धनको नक्सा ।