७ असार २०८३, आईतवार
,
Latest
रास्वपा महाधिवेशनमा सहभागी हुन चितवन पुगे सभापति थापा कैलालीमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम किसानलाई प्रविधिसँगै जोड्दै रास्वपा महाधिवेशनको माहौल- फोटोफिचर रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा बाग्लुङकाे भुजीखोला पुल निर्माण अनिश्चित मुसहर बस्तीका महिलाको जीवनमा परिवर्तन: साबुन उद्योगबाट आत्मनिर्भरता योगाभ्याससहित मनाइयो अन्तरराष्ट्रिय योग दिवस उत्तरी थाइल्याण्डमा रेलवे सुरुङ निर्माणका क्रममा दुर्घटना, दुईको मृत्यु रास्वपा महाधिवेशनमा भाग लिन चितवन पुगे प्रदीप ज्ञवाली रास्वपाको महाधिवेशनमा विचार र संस्थालाई प्राथमिकता दिन पूर्व महामन्त्री ढकालको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्टेग्रीटी आइकन नेपाल २०२१ बाट पाँच कर्मचारी सम्मानित



अ+ अ-

काठमाडौं । यसवर्ष अकाउन्टीबिलिटी ल्याब नेपाललको ‘इन्टेग्रीटी आइकन नेपाल २०२१’ बाट  पाँच जना राष्ट्रसेवक कर्मचारी सम्मानित हुनुभएको छ । सम्मानित हुनेमा भेरी अस्पताल, बाँकेकी नर्सिङ अधिकृत शिला शर्मा, नवलपुरकी प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पङ्गेनी, मकवानपुरगढी गाउँपालिकाका कृषि अधिकृत चन्द्रकान्त चौधरी, भक्तपुर अस्पतालकी मेडिकल सुपेरिटेन्डेन्ट डा सुमित्रा गौतम र भाषा आयोगका उप–सचिव डा लोकबहादुर लोप्चन हुनुहुन्छ । पाँचै जनालाई आज सम्मानित गरिएको हो ।  

सेवाग्राहीको सुझावका आधारमा पाँचै जनालाई छुट्टाछुट्टै शीर्षकमा सम्मान प्रदान गरिएको हो ।  जस अन्तर्गत, शिला शर्मा ‘दृढ र सहृदयी’,  मनमाया भट्टराई पङ्गेनी ‘प्रेरणादायी र निडर’,  चन्द्रकान्त चौधरी ‘नवप्रवर्तनकारी र दूरदर्शी’, डा सुमित्रा गौतम ‘कर्मनिष्ठ र रुपान्तरणकारी’ र डा लोकबहादुर लोप्चन ‘अटल र लगनशील’ भन्दै सम्मानित हुनुभएको हो । 

ल्याब नेपालले सार्वजनिक सेवामा रहेर निष्ठापूर्वक काम गर्ने पाँच जना कर्मचारीको नाम यही कात्तिक ५ गते सार्वजनिक गरेको थियो । यसवर्षका इन्टेग्रीटी आइकनलाई देशभरिबाट प्राप्त भएका ३३५ मनोनयनबाट पाँच जनाको नाम छनौट गरिएको ल्याब नेपालका कार्यक्रम संयोजक अस्मिता शर्माले बताउनुभयो ।   

संयोजक शर्माका अनुसार ती कर्मचारीले गरेका काम, सेवाग्राहीलाई प्रदान गर्ने सुविधाजस्ता कुराको आधारमा इन्टेग्रिटी आइकन प्रदान गरिएको हो । कार्यक्रममा माइती नेपालका अध्यक्ष अनुराधा कोइरालाले राम्रो काम गर्ने मान्छे बिचलित नभई सेवालाई निरन्तरता दिने हो भने उ अरुका लागि पनि उदाहरण बन्न सक्छ भन्ने धारणा राख्नुभयो । विगत आठ वर्षदेखि ल्याब नेपालले उत्कृष्ट काम गर्ने कर्मचारीलाई सम्मान गर्दै आइरहेको छ ।