७ असार २०८३, आईतवार
,
Latest
रास्वपा महाधिवेशनमा सहभागी हुन चितवन पुगे सभापति थापा कैलालीमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम किसानलाई प्रविधिसँगै जोड्दै रास्वपा महाधिवेशनको माहौल- फोटोफिचर रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा बाग्लुङकाे भुजीखोला पुल निर्माण अनिश्चित मुसहर बस्तीका महिलाको जीवनमा परिवर्तन: साबुन उद्योगबाट आत्मनिर्भरता योगाभ्याससहित मनाइयो अन्तरराष्ट्रिय योग दिवस उत्तरी थाइल्याण्डमा रेलवे सुरुङ निर्माणका क्रममा दुर्घटना, दुईको मृत्यु रास्वपा महाधिवेशनमा भाग लिन चितवन पुगे प्रदीप ज्ञवाली रास्वपाको महाधिवेशनमा विचार र संस्थालाई प्राथमिकता दिन पूर्व महामन्त्री ढकालको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

इमानदार हिसाबले व्यवसाय गर्ने हो भने मात्र सफल हुन सकिन्छ, वरिष्ठ उपाध्यक्ष ढकाल



अ+ अ-

पोखरा । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले इमानदार हिसाबले व्यवसाय गर्नेहरु कुनै पनि व्यवसायमा सफल हुने बताउनुभएको छ । 
शुक्रबार इन्टरनेशनल एशोसियशन अफ लायन्स क्लबको डिस्ट्रिक्ट क्याबिनेट अफिसर्श स्कूलिङ्ग कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले जुन कुनै व्यवसायमा पनि सफल हुन इमानदार र लगनशिल भएर लाग्नुपर्ने बताउनुभयो ।
“हामीले सन् २००० तिर पूर्ण रुपमा अनौपचारिक रुपमा रहेको रेमिट्यान्स व्यवसायलाई औपचारिक बनाउने काम ग¥यौँ । इमान्दार हिसाबले व्यवसाय गर्ने हो भने कुनै पनि व्यवसायमा सफल हुन सकिन्छ ।,” उहाँले भन्नुभयो ।
लायन्स क्लब र नेपाल उद्योग वाणिज्य महासंघको नेटवर्क प्रयोग गरी आम पब्लिकको इन्टेस्टमा हुने ब्यवसाय गर्न आवश्यक रहेको बताउनुभयो । 
नेतृत्व विकास, व्यक्तित्व विकास र समाज सेवामा लायन्स क्लबले खेलेको भूमिकाको प्रसंशा गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले यसका लागि लायन्स क्लब र नेपाल उद्योग वाणिज्य महासंघबीच पनि सहकार्य हुनसक्ने बताउनुभएको छ । 
उहाँले कोभिडपछिको अर्थतन्त्रलाई चलायमान बनाउन लायन्स क्लब र नेपाल उद्योग वाणिज्य महासंघबीच सहकार्य आवश्यकता रहेको बताउनुभएको छ ।
“कोभिड–१९ को प्रकोप पनि विस्तारै कम हुदै गएकोले मुलुकमा लगानीको लागि उपयुक्त वातारण तयार भएको छ । लायन्स क्लब र उद्योग वाणिज्य महासंघबीच सहकार्य गर्दै मुलुकभित्र लगानी विस्तार तथा नयाँ नयाँ प्रविधि भित्र्याउने र नवप्रवतन उद्योग व्यवसायलाई प्रबद्र्धन गर्न आवश्यक रहेको छ,” उहाँले भन्नुभयो । 
उहाँले अहिले विस्तारै मुलुकमा व्यावसायिक गतिविधि गर्नका लागि उपयुक्त वातावरण बन्दै गरेको र यसका लागि लायन्स र नेपाल उद्योग वाणिज्य महासंघबीच सहकार्यको आवश्यकता रहेको बताउनुभएको छ ।
उहाँले अहिलेको महासंघको नेतृत्वले मुलुकमा व्यावसायिक वातावरण बनाउन सरकार तथा अन्य सरोकारवाला निकायसँग निरन्तर वार्ता, संवाद तथा सहकार्य जारी राखेको बताउनुभयो ।