७ असार २०८३, आईतवार
,
Latest
रास्वपा महाधिवेशनमा सहभागी हुन चितवन पुगे सभापति थापा कैलालीमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम किसानलाई प्रविधिसँगै जोड्दै रास्वपा महाधिवेशनको माहौल- फोटोफिचर रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा बाग्लुङकाे भुजीखोला पुल निर्माण अनिश्चित मुसहर बस्तीका महिलाको जीवनमा परिवर्तन: साबुन उद्योगबाट आत्मनिर्भरता योगाभ्याससहित मनाइयो अन्तरराष्ट्रिय योग दिवस उत्तरी थाइल्याण्डमा रेलवे सुरुङ निर्माणका क्रममा दुर्घटना, दुईको मृत्यु रास्वपा महाधिवेशनमा भाग लिन चितवन पुगे प्रदीप ज्ञवाली रास्वपाको महाधिवेशनमा विचार र संस्थालाई प्राथमिकता दिन पूर्व महामन्त्री ढकालको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुद्दाको सुनुवाइ नगर्ने १५ न्यायाधीशविरुद्ध सर्वोच्चमा रिट दायर



अ+ अ-

काठमाडौं । तोकिएको इजलास अघोषित रूपमा अवज्ञा गर्दै आएका १५ जना न्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । 

रिटमा निवेदनमा पेसी सूचीको मुद्दा नरोक्नु र इजलासमा बसी स्वच्छ सुनुवाइ गर्नु भन्ने व्यवहारको परमादेश माग गरिएको छ । 

बन्दी तथा थुनुवाहरूको हकमा सुनुवाइ नभइ बन्दी अवस्थामा र थुनामा रहनु पर्दा अपुरणीय क्षति हुने भएको भन्दै निवेदकहरूले अन्तरिम आदेश पनि माग गरेका छन् ।  

अधिवक्ताहरू कृष्ण प्रसाईँ, तोयानाथ ढुंगाना, कीतिनाथ शर्मा पौडेल तथा झापाकी सभ्यता नेपाल, सिन्धुपाल्चोकका नकुल तिमिल्सिना, काभ्रेका शिवराम थापा र झापाकै नेत्रप्रसाद मैनालीले निवेदन दिएका हुन् ।