७ असार २०८३, आईतवार
,
Latest
रास्वपा महाधिवेशनमा सहभागी हुन चितवन पुगे सभापति थापा कैलालीमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम किसानलाई प्रविधिसँगै जोड्दै रास्वपा महाधिवेशनको माहौल- फोटोफिचर रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा बाग्लुङकाे भुजीखोला पुल निर्माण अनिश्चित मुसहर बस्तीका महिलाको जीवनमा परिवर्तन: साबुन उद्योगबाट आत्मनिर्भरता योगाभ्याससहित मनाइयो अन्तरराष्ट्रिय योग दिवस उत्तरी थाइल्याण्डमा रेलवे सुरुङ निर्माणका क्रममा दुर्घटना, दुईको मृत्यु रास्वपा महाधिवेशनमा भाग लिन चितवन पुगे प्रदीप ज्ञवाली रास्वपाको महाधिवेशनमा विचार र संस्थालाई प्राथमिकता दिन पूर्व महामन्त्री ढकालको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी निधिलाई



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति विमलेन्द्र निधिलाई दिइएको छ । 

सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका अवसरमा हुन गइरहेको वल्र्ड लिड्र्स सम्मेलनमा सहभागी हुन आज बिहान बेलायत प्रस्थान गरेपछि उपसभापति निधिलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको हो । 

उपसभापति निधिलाई नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा २५ को उपधारा (१३) बमोजिम पार्टी आफू स्वदेश नफर्कञ्जेलसम्मका लागि सभापति देउवाले उपसभापति निधिलाई कार्यवाहक सभापति तोक्नुभएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।