७ असार २०८३, आईतवार
,
Latest
रास्वपा महाधिवेशनमा सहभागी हुन चितवन पुगे सभापति थापा कैलालीमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम किसानलाई प्रविधिसँगै जोड्दै रास्वपा महाधिवेशनको माहौल- फोटोफिचर रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा बाग्लुङकाे भुजीखोला पुल निर्माण अनिश्चित मुसहर बस्तीका महिलाको जीवनमा परिवर्तन: साबुन उद्योगबाट आत्मनिर्भरता योगाभ्याससहित मनाइयो अन्तरराष्ट्रिय योग दिवस उत्तरी थाइल्याण्डमा रेलवे सुरुङ निर्माणका क्रममा दुर्घटना, दुईको मृत्यु रास्वपा महाधिवेशनमा भाग लिन चितवन पुगे प्रदीप ज्ञवाली रास्वपाको महाधिवेशनमा विचार र संस्थालाई प्राथमिकता दिन पूर्व महामन्त्री ढकालको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिठाइ बनाउँदा लुकीछिपी हाइड्रोको प्रयोग : व्यापारी भन्छन्, उपभोक्ता बढी सेतो खोज्छन्



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगर क्षेत्रमा चलाइएका मिठाइ पसलहरुले मिठाइ बनाउँदा लुकीलुकी हाइड्रोको प्रयोग गरिरहेको पाइएको छ । महानगरको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिले आज लाजिम्पाट क्षेत्रमा गरेको अनुगमनका क्रममा २ वटा मिठाई पसलको भान्छामा हाइड्रोका बट्टा भेट्टाएको हो । 

मूल सडकमै रहेको तृष्णा मिठाइ पसल र निखिलेश्वरम मिठाइ पसलको भान्छामा भेट्टाइएका ती बट्टाहरु अनुगमन टोलीले बरामद गरेको छ । ती दुवै पसललाई १०-१० हजार रुपैयाँका दरले आर्थिक जरिवाना गराइएको छ । पसलका सञ्चालकहरु, हाइड्रो अखाद्य भएको स्वीकार गरिरहेका थिए । 

अखाद्य बस्तुको भान्छा कसरी पुग्यो? अनुगमन समितिका अधिकारीको प्रश्नमा उत्तरमा उनीहरुले भने, उपभोक्ताहरुले धेरै सेता मिठाइ मन पराउने भएपछि यदाकदा प्रयोग गर्ने गरेको स्वीकार गरे । उपभोक्ताको रुची अनुसार रसबरी बनाउने हो भने एउटाको लागत ६० रुपैयाँसम्म पर्छ । लागत ६० भएपछि विक्री कित रुपैयाँमा गर्ने? हिजोसम्म २०-३० रुपैयाँमा पाइएको रसवरी ७०-८० रुपैयाँमा विक्री हुन्छ कि हुँदैन? उनीहरु आफ्ना गुनासा सुनाउँदै थिए । तृष्णा मिठाइको भान्छाबाट म्याद सकिएका थप ८ बट्टा रङ् र निखिलेश्वरमको भान्छाबाट करीव २० लिटर म्याद सकिएको बटर जफत गरिएको छ । 

सोह्रखुट्टे चोकमा रहेको सूर्यदेव मिठाइ पसलबाट करीब २ सय वटा रसवरी नष्ट गरिएको छ । भान्छामा ठूलो ड््याक्चीमा राखिएको रसवरीमा भुसुना, लामखुट्टेजस्ता कीराहरु तैरिरहेका थिए । महानगरले खाद्य सुरक्षा तथा बजार व्यवस्थापनसँग सम्बन्धित कार्यालयसँग सहकार्य गरेर तिहार लक्षित बजार अनुगमन गरिरहेको छ ।