२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाह्रकुने तालमा डुङ्गा सरर…



अ+ अ-

देउखुरी । कोरोना महामारी कम हुँदै गएपछि दाङका पर्यटकीयस्थलमा आन्तरिक र बाह्य पर्यटकको चहलपहल बढेको छ । घोराही उपमहानगरपालिका–१३ सेवारमा रहेको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल बाह्रकुने दह पर्यटकको रोजाइको क्षेत्र बनेको छ ।

तुलसीपुर–६ की सम्झना आचार्य बुधबार साथीसँग बाह्रकुने तालमा घुम्न आउनुभयो । “पुरानो डुङ्गाको ठाउँमा नयाँ डुङ्गा आएको रहेछ, साथीहरुसँग सेल्फी लिँदै जलविहार गर्दा मज्जा आयो”, उहाँले भन्नुभयो, “गाउँका अरु साथीलाई पनि बाह्रकुने जानु भन्छु । मन्दिर पुग्ने जोकोहीलाई डुङ्गाले झनै आकर्षक बनाएको छ ।”

घोराही–१४ का  विशाल पौडेल वनभोजका लागि साथीसँग बाह्रकुने पुग्नुभएको थियो । “वनभोजका लागि उपयुक्त स्थान छ । आधुनिक डुङ्गा देख्दा घुमौघुमौ लाग्योे, डुङ्गामा सरर ताल परिक्रमा गर्दा छुट्टै आनन्द आयो”, उहाँले भन्नुभयो ।

दाङसहित सल्यान, प्यूठान, रोल्पा, रुकुम र छिमेकी देश भारतबाट पनि उल्लेख्य मात्रामा भक्तजन आउने बाह्रकुने धार्मिक समितिका अध्यक्ष टेमन बुढाले जानकारी दिनुभयो । “धार्मिक र पर्यटकीय हिसाबमा मानिसको सहभागिता हुन्छ,  माघेसङ्क्रान्तिका दिनमा भक्तजनको ठूलो मेला लाग्ने गर्दछ”, उहाँले भन्नुभयो, “पुस महिनादेखि नै भक्तजनको उल्लेख्य सहभागिता हुने गर्दछ । दसैँ, तिहारपछि वनभोज खानेहरुको भीडभाड नै हुने गर्छ ।” पछिल्लो समय विद्यार्थी, युवा र ज्येष्ठ नागरिकको बाह्रकुने ताल रोजाइको क्षेत्र बनेको छ ।

घोराही बजारबाट उत्तर–पश्चिम तीन किलोमिटरको दूरीमा रहेको दह पाँच हेक्टर जमिन छ । बाह्रवटा कुना रहेको सो ताल प्राकृतिकरूपमा निर्मित जानकार बताउँछन् ।  प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो ताल लुम्बिनी प्रदेशको नमूना तालमा पर्दछ । बजारबाट अटोरिक्सामा सजिलै यो ठाउँमा पुग्न सकिन्छ ।

सोे तालमा काठका पुराना दुईवटा डुङ्गा थिए । पर्यटकको चाप भएको समयमा पालो कुरेर बस्नुपर्ने बाध्यता थियो । बाह्रकुने जल तथा यातायात प्रालिले आधुनिक चारवटा डुङ्गा सञ्चालनमा ल्याएको छ । एउटा डुङ्गामा चार जना बसेर शयर गर्न मिल्ने प्रालिका सचिव लीलाजीत नेपालीले जानकारी दिनुुभयो ।

मन्दिर व्यवस्थापन समितिसँग पाँचवर्षे सम्झौता गरी तालमा आधुुनिक खालको फाइवरको डुङ्गा सञ्चालनमा ल्याएपछि पर्यटकलाई सजिलो भएको छ । प्रालिका अध्यक्ष जगत् दर्लामीले ताल घुम्न आउने पर्यटकलाई सेवा दिन आधुनिक डुङ्गा ल्याएको बताउनुभयो ।

स्थानीय चार युवाले रु १२ लाख लगानी गरी डुङ्गा सञ्चालनमा ल्याइएको उहाँको भनाइ छ । डुङ्गामा सयर गदार्ए लगाउने लाइफ ज्याकेट र २० जनाको दुुर्घटना बिमासमेत गरिएको प्रालिले जनाएको छ । डुङ्गामा बसेर तालको एक फन्को लगाए रु ५० शुल्क तिर्नुुपर्ने छ । ज्येष्ठ नागरिक र विद्यार्थीलाई २० प्रतिशत छुटको व्यवस्था गरिएको अध्यक्ष दर्लामीले जानकारी दिनुुभयो । यसअघि तालमा काठको डुङ्गा सञ्चालनमा रहेको थियो । वार्षिक रु ६० हजार प्रालिले मन्दिर संरक्षण समितिलाई बुुझाउने सम्झौता भएको छ । (रासस, रञ्जिता अधिकारी)