७ असार २०८३, आईतवार
,
Latest
उत्तरी थाइल्याण्डमा रेलवे सुरुङ निर्माणका क्रममा दुर्घटना, दुईको मृत्यु रास्वपा महाधिवेशनमा भाग लिन चितवन पुगे प्रदीप ज्ञवाली रास्वपाको महाधिवेशनमा विचार र संस्थालाई प्राथमिकता दिन पूर्व महामन्त्री ढकालको आग्रह रास्वपाको महाधिवेशन: व्यवस्थापनमा र्‍याट र बाउन्सर, सुरक्षामा नेपाल प्रहरी दीपक बोहराद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा रास्वपाको केन्द्रीय सदस्यमा राहुल केसीले उम्मेदवारी दिने क्रियाशील दलित पत्रकार सङ्घको अध्यक्षमा प्रकाश धौलाकोटी सर्वसम्मत चयन अष्ट्रेलियाले इन्धन अन्तःशुल्क कटौतीको अवधि एक महिना थप गर्‍यो नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

ढल्यो एमालेको अर्को प्रदेश सरकार



अ+ अ-

काठमाडौं। वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिनुभएको छ । 

योसँगै वागमती प्रदेशमा नेकपा एमालेको सरकार ढलेको छ । शाक्य ७१ दिनसम्म मुख्यमन्त्री रहनुभयो । 

विपक्षी गठबन्धनमा बहुमत भएसँगै एमालेले वाग्मती प्रदेश सरकारको सत्ता गुमाएको हो ।

शाक्यको राजीनामासँगै वाग्मती प्रदेशमा गठबन्धनबीच बाँकी रहेको कार्यकाल पहिलो आधा समय नेकपा (एकीकृत समाजवादी) र त्यसपछि नेपाली कांग्रेसले सम्हाल्ने सहमति भइसकेको छ ।

पहिलो कार्यकालका लागि नेकपा एकिकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने भएका छन् ।

प्रतिनिधि सभाको सबभन्दा ठूलो दल एमालेले प्रदेशमा एकपछि अर्को सरकार गुमाउँदै गएको छ । 

२०७४ सालको आम निर्वाचनपछि संघसहित चारवटा प्रदेशमा सरकारको नेतृत्व गरेको एमाले अब प्रदेशको एउटा सरकारमा समिति बनेको हो । 

अब नेकपा एमालेसँग प्रदेश १ को सरकार मात्र बाँकी छ । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य पनि अल्पमतमा परिसकेका छन् । आचार्यले कात्तिक १५ मा विश्वासको मत लिँदैछन् । 

२०७४ सालको चुनावमा सबभन्दा ठूलो दल रहेको एमालेले केन्द्रसहित प्रदेश १, वाग्मती, गण्डकी र लुम्बिनीमा सरकारको नेतृत्व गरेको थियो । नेकपा एकता भंग तथा पार्टी विभाजनपछि एमालेको एकपछि अर्को गर्दै सरकार ढल्दै गएको छ  ।