२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लक्जम्बर्गमा युरोपेली देशका उर्जामन्त्रीहरुको बैठक सम्पन्न



अ+ अ-

ब्रसेल्स। युरोपेली देशका उर्जामन्त्रीहरुको बैठक मंगलबार लक्जम्बर्गमा सम्पन्न भएको छ । सो बैठकमा उहाँहरुले हालैका दिनहरुमा विश्वमा उर्जामा भएको मुल्यबृद्धिका विषयमा कुराकानी गर्नुभएको थियो । उहाँहरुले हाल विश्वमा उर्जाको मुल्य बृद्धि भइरहेको विषयमा छलफल गर्दै आगामी दिनमा मुल्य बृद्धि हुन नदिन यसका उपायहरुका बारेमा आवश्यक छलफल गरेको बताइएको छ । 

उहाँहरुले सो छलफलका क्रममा जलवायु परिवर्तनसम्बन्धी नीतिहरुको पनि समिक्षा गर्नुभएको थियो । साथै विश्वमा जलवायु परिवर्तनको असर कम गर्नका लागि स्वच्छ उर्जाको प्रयोग पनि उर्जाको मुल्य बृद्धि रोक्नका लागि एक उपाय हुन सक्ने विषयमा छालफल गर्नुभएको थियो ।

विश्वमा उर्जाको खपत बढिरहेका अवस्थामा वैकल्पिक एवं स्वच्छ उर्जा प्रयोगका सम्भावनाहरुको खोजी गर्नुका साथै जलवायु परिवर्तनको असर के कसरी कम गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल गर्नुभएको थियो । (रासस-सिन्ह्वा)