२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

दैनिक राशिफल : २०७८ कार्तिक १० गते, बुधबार



अ+ अ-

२०७८ कार्तिक १० गते, बुधवार, २७ अक्टोबर २०२१। कार्तिक कृष्ण पक्ष, षष्ठी तिथि, ६ः४७ बजेदेखि सप्तमी। पुनर्वशु नक्षत्र । चन्द्रराशि– मिथुन, २४ः१० बजेदेखि कर्कट।

मेषः मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ।

वृषः आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्ला। खर्च बढ्नाले अर्थ अभाव हुनेछ। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ।

मिथुनः भेटघाटमा अलमलिनाले आँटेका काममा बाधा हुनेछ। तापनि मिहिनेत गर्दा पछिका लागि फाइदा लिन सकिनेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला।

कर्कटः तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान होला। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। बेलामा होस नपुर्याउँदा केही अप्ठ्यारा चुनौती आउन सक्छन्। फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ।

सिंहः आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ।

कन्याः राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ।

तुलाः परिबन्धले केही समस्या निम्त्याउन सक्छ। सामान्य काम गर्दा पनि निकै मिहिनेत पर्नेछ। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। पछिका लागि सम्भावना देखिए पनि तत्काल फाइदा उठाउन नसकिएला। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउनेछन्।
 
वृश्चिकः उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। कामको चाप बढ्नेछ तर शरीर कमजोर बन्नेछ। अर्थका हिसाबले पनि दिन कमजोर रहला। तत्काल चुनौती देखिए पनि अवसर खोज्ने समय छ। धेरै लाभ नभए पनि काम गर्न सकिनेछ। शुभचिन्तकहरूले साथ दिनेछन्, गोपनीयतामा अलि सजग रहनुहोला।

धनुः सम्भावना देखिए पनि उपलब्धि हातपार्न धेरै श्रम गर्नुपर्ला। काममा आफ्नो श्रम परे पनि प्रतिफलमाथि अरूले राज गर्नेछन्। पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। विचार नमिल्नाले आफ्नैसँग वादविवाद हुन सक्छ। प्रेमको बन्धन कमजोर बन्नेछ।

मकरः भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। नयाँ योजनातर्फ अग्रसर भइनेछ। अरूको विश्वास जित्न केही समय लागे पनि दिगो फाइदा हुने काम हातलागी हुनेछ। पहिले ईर्ष्या गर्नेहरूले नै सहयोग जुटाउनेछन्। चुनौती चिर्दै काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् र प्रतिस्पर्धामा विजयी भइनेछ।

कुम्भः अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले खिन्नता बढ्न सक्छ। अध्ययन र व्यापारमा पछि परिने समय छ। नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला। बलजफ्तीले केही चुनौती पनि निम्त्याउन सक्छ।

मीनः परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ। आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। हल्लाको भरमा अरूको विश्वास गर्दा धोका पाइनेछ। कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त बन्नुपर्ला। बिनाकारण आफन्त, साथीभाइ टाढिन सक्छन्। Source: nepalipatro.com.np