२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण कोरियाका पूर्व राष्ट्रपति रोहको निधन



अ+ अ-

सोल । दक्षिण कोरियाका पूर्व राष्ट्रपति रोह टाइ वुको मङ्गलबार ८८ बर्षको उमेरमा निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई केही दिनअघि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । तर उहाँको स्वास्थ्यमा सुधार भएन र मङ्गलबार निधन भएको हो । 

पूर्व सेना प्रमुख समेत रहनु भएका रोहले सन् १९८८ देखि १९९५ सम्म पाँच वर्ष दक्षिण कोरियाको राष्ट्रपति बन्नु भएको थियो । 

उहाँ राष्ट्रपति भएको बेला प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय व्यवस्थाको माग भइ त्यसलाई स्विकार्नु पनि भएको थियो । रोह डेमोक्रेटिक जस्टीस पार्टीका नेता हुनुहुन्थ्यो । उहाँको जन्म सन् १९३२ को डिसेम्बर ४ मा दक्षिण कोरियाकै डाएगुमा भएको हो । (रासस-एएनआई)