२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले खेलकूदको विकासका लागि विशेष ध्यान दिनुपर्छ : नेता सिंह



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले खेलकूदको विकासका लागि विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ। वीर गणेशमानसिंह स्पोर्टस् समितिले आज यहाँ आयोजना गरेको ‘नेशनल टेनिस टुर्नामेन्ट–२०२१’ शुभारम्भ गर्दै उहाँले खेलकूदले नागरिकलाई स्वस्थ राख्ने र स्वस्थ नागरिकले नै राष्ट्रका लागि योगदान दिन सक्ने भएकाले सरकारले खेलकूदको विकासमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभएको हो । 

“यस्ता प्रतियोगिताले खेलाडीलाई आगामी दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका  खेलाडी उत्पादनमा समेत सहयोग पुग्नेछ,” उहाँले भन्नुभयो । नेता सिंहले नेपालमा प्रजातन्त्र स्थापना र नागरिक सर्वोच्चताका लागि गणेशमान सिंहले छ दशकसम्म निर्वाह गर्नुभएको भूमिका अनुकरणीय रहेको बताउनुभयो ।

स्व सिंहले प्रजातन्त्र स्थापनासँगै प्रधानमन्त्री बन्न गरिएको अनुरोध अस्वीकार गरेर जनताबाट चुनेको नेताले नेतृत्व गर्छ भन्ने सन्देश दिनु महत्वपूर्ण उपलब्धि रहेको र पदका लागि लुछाचुँडी भइरहेको वर्तमान अवस्थामा गणेशमानजस्तो त्यागी पुरुषबाट पाठ सिक्नुपर्नेमा उहाँले जोड दिनुभयो ।