२४ जेष्ठ २०८३, आईतवार
,
Latest
स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

दसैँमा दोब्बरले बढ्यो आयात



अ+ अ-

काठमाडौँ। मुख्य चाडबाडको समय र कोभिड–१९ सङ्क्रमण दर पनि न्यून हुँदै गएपछि अन्तर्राष्ट्रिय व्यापारमा व्यापक वृद्धि भएको छ । नेपालीको मुख्य चाडबाड दशैँको महिना अर्थात् असोजमा मात्रै अन्तर्राष्ट्रिय व्यापारको आकार दुई खर्ब रुपियाँ नजिक पुगेको छ । भन्सार विभागको असोजसम्मको व्यापार तथ्याङ्कअनुसार आयात र निर्यात दुवैमा भएको वृद्धिले समग्र व्यापार बढेको देखिन्छ ।

तथ्याङ्कअनुसार चालू आर्थिक वर्ष २०७८/७९ को तीन महिनासम्म नेपालले चार खर्ब ७८ अर्ब रुपियाँको वस्तु आयात गरेको छ जुन अघिल्लो आवको तीन महिनासम्मको तुलनामा करिब ६४ प्रतिशतले बढी हो । असोजमा मात्रै एक खर्ब ६४ अर्ब रुपियाँको वस्तु आयात भएको देखिन्छ, यो कोभिड सङ्क्रमणयताकै बढी हो ।

असोजसम्म सबैभन्दा धेरै २३ अर्ब ३२ करोड रुपियाँको डिजेल आयात भएको छ । त्यसपछि दोस्रोमा २० अर्ब ६० करोडको कच्चा भटमास तेल, १७ अर्ब १७ करोडको मोबाइल, १३ अर्बको कच्चा पाम तेल र १२ अर्ब ८६ करोडको पेट्रोल आयात भएको छ ।

आयात मात्र होइन, असोजसम्म निर्यातमा पनि व्यापक वृद्धि भएको छ । विभागका अनुसार तीन महिनामै नेपालले ६५ अर्ब रुपियाँको वस्तु निर्यात गरेको छ जुन अघिल्लो असोजसम्मको तुलनामा दोब्बरले बढी हो । अघिल्लो असोजसम्म नेपालले ३१ अर्ब रुपियाँको वस्तु निर्यात गरेको थियो । असोजमा मात्रै नेपालबाट २१ अर्ब रुपियाँको वस्तु निर्यात भएको देखिन्छ ।

नेपालको निर्यातलाई भने खासगरी भटमास र पामको प्रशोधनले सघाएको देखिन्छ । भारतले नेपाललाई उपलब्ध गराएको निर्यात सहुलियतको उपयोगबाट समग्र निर्यात नै उकासिन पुगेको छ । असोजसम्म नेपालले २२ अर्ब रुपियाँको भटमास तेलको निर्यात गरेको छ । त्यसपछि साढे १३ अर्बको पाम तेल, दुई अर्ब ४५ करोडको गलैँचा र एक अर्ब ८७ करोड रुपियाँको ऊनीका उत्पादनको निर्यात भएको छ ।

निर्यातमा भएको वृद्धिले समग्र अन्तर्राष्ट्रिय व्यापारमा यसको हिस्सा पनि बढाएको छ । गत असोजसम्मको कुल व्यापारमा निर्यातको हिस्सा ९.६० प्रतिशत मात्र रहेकामा चालू अवधिमा करिब १२ प्रतिशत हिस्सा पुगेको छ । असोजसम्म नेपालको कुल अन्तर्राष्ट्रिय व्यापार पाँच खर्ब ४३ अर्ब रुपियाँ पुग्दा व्यापार घाटा भने चार खर्ब १३ अर्ब रुपियाँ रहेको विभागको तथ्याङ्क छ ।, समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।