७ असार २०८३, आईतवार
,
Latest
उत्तरी थाइल्याण्डमा रेलवे सुरुङ निर्माणका क्रममा दुर्घटना, दुईको मृत्यु रास्वपा महाधिवेशनमा भाग लिन चितवन पुगे प्रदीप ज्ञवाली रास्वपाको महाधिवेशनमा विचार र संस्थालाई प्राथमिकता दिन पूर्व महामन्त्री ढकालको आग्रह रास्वपाको महाधिवेशन: व्यवस्थापनमा र्‍याट र बाउन्सर, सुरक्षामा नेपाल प्रहरी दीपक बोहराद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा रास्वपाको केन्द्रीय सदस्यमा राहुल केसीले उम्मेदवारी दिने क्रियाशील दलित पत्रकार सङ्घको अध्यक्षमा प्रकाश धौलाकोटी सर्वसम्मत चयन अष्ट्रेलियाले इन्धन अन्तःशुल्क कटौतीको अवधि एक महिना थप गर्‍यो नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ महानगरपालिकाको तिहार लक्षित अनुगमन सुरु, चावहिलका २ पसललाई जरिवाना



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरको ‘बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति’ले आज चावहिलका २ वटा मिठाइ पसललाई जरिवाना तिराएको छ ।

दर्ता अनुमति नलिई, दर्ता गरे पनि   दर्ता गरे पनि नविकरण नगरी व्यवसाय कारोवार र सञ्चालन गरेको, गुणस्तर मापदण्ड पूरा नगरेकाकारण गुप्ता एण्ड गुप्ता स्वीट्स एण्ड चाटलाई १० हजार रुपैयाँ र पूजा स्वीट हाउसलाई २० हजार रुपैयाँ जरिवाना गराइएको, कृषि विभागका प्रमुख एवं निरीक्षण अधिकृत हरिबहादुर भण्डारीले जानकारी दिनुभयो ।

अनुगमन गरिएका मिठाइ पसलहरुमा कोविडको स्वास्थ्य मापदण्ड पालना नगरिएको, भान्छाको सरसफाइमा ध्यान नदिएको, म्याद गुज्रिएका खाद्य बस्तु विक्री गरेको, अनुमति नलिइ मिठाइजन्य खानेकुरा प्याकेजिङ् गर्ने गरिएको भेटियो, भण्डारीको भनाइ छ । त्यस क्रममा पूजा स्वीट हाउसबाट उपभोग्य मिति गुज्रिएका २५० ग्राम तौल भएका हल्दिराम ब्राण्डका ५८ वटा प्याकेटद जफत गरियो । यसैगरी गुप्ता स्वीट एण्ड चाटबाट हल्दिराम ब्राण्डकै २५ प्याकेट र ४०० ग्रामका २० प्याकेट जफत गरियो । 

अनुगमनका क्रममा सन्तोष स्वीट्समा प्रयोग गरिरहेको करीव ५ लिटर खान अयोग्य तेल नष्ट गरियो । त्यस्तै म्याद गुज्रिएको सोना पापड ९ प्याकेट, मुग दाल ७ प्याकेट, विकिनी पञ्जावी तड्का ४ प्याकेट, विकिनी भुजिया ४ प्याकेट, विकिनी मिक्स ९० प्याकेट जफत गरियो । 

हामीले बजारमा गएर पटक पटक सचेत गराएका छौँ । हामी पुगेको बेला सुधार गर्छौैँ भन्नुहुन्छ तर अर्को पटक जाँदा अवस्था उस्तै हुन्छ । अनुगमनमा रहनुभएका खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य निरीक्षक कौशल ओझाले व्यापारीले व्यवसायिक धर्म र सामाजिक दायित्व निर्वाह गरेको आफूलाई महसुस भएको बताउनुभयो । ओझाले टीवीएम उपकरणको प्रयोग गरेर तेलको गुणस्तर र आइआर थर्मोमिटरको प्रयोग गरेर फ्रिज र तेलको तापक्रम परीक्षण गर्नुभएको थियो । सन्तोष स्वीट्सले प्रयोग गरेको तेल अखाद्य भएको यही उपकरणका मद्दतबाट पत्ता लगाइएको थियो ।  

अनुगमनबाट देखिएको बजारको अवस्थाका बारेमा प्रतिक्रिया दिँदै उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले मध्यम खालका मिठाइ पसलले गुणस्तरीय खाद्यबस्तुमा विक्रीमा ध्यान नदिएको भेटिएको बताउनुभयो । म्याद सकिएका सामान सोकेसमा सजाइएका छन् । भान्छा अँध्यारो छ । भान्छामा प्रयोग हुने मरमसला, पीठो, रङ्गजस्ता सामाग्रीको म्याद सकिए पनि प्रयोग भइरहेको छ । तिमल्सिना भन्नुहुन्छ, धेरैजसो उपभोक्ताले यस्तै पसलबाट मिठाइ किनेर प्रयोग गर्छन् । यसरी हेर्दा धेरै उपभोक्ताले गुणस्तरहीन मिठाइ खाइरहेका छन् । महानगरले नियमनकारी कार्यालयका प्रतिनिधिहरुलाई सहभागी गराएर एकीकृत अनुगमन गर्ने योजनाअनुरुप आजदेखि तिहारलक्षित अनुगमन थालेको हो ।