७ असार २०८३, आईतवार
,
Latest
उत्तरी थाइल्याण्डमा रेलवे सुरुङ निर्माणका क्रममा दुर्घटना, दुईको मृत्यु रास्वपा महाधिवेशनमा भाग लिन चितवन पुगे प्रदीप ज्ञवाली रास्वपाको महाधिवेशनमा विचार र संस्थालाई प्राथमिकता दिन पूर्व महामन्त्री ढकालको आग्रह रास्वपाको महाधिवेशन: व्यवस्थापनमा र्‍याट र बाउन्सर, सुरक्षामा नेपाल प्रहरी दीपक बोहराद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा रास्वपाको केन्द्रीय सदस्यमा राहुल केसीले उम्मेदवारी दिने क्रियाशील दलित पत्रकार सङ्घको अध्यक्षमा प्रकाश धौलाकोटी सर्वसम्मत चयन अष्ट्रेलियाले इन्धन अन्तःशुल्क कटौतीको अवधि एक महिना थप गर्‍यो नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

समीक्षा र मेरो सम्बन्धको गलत हल्लाले दुःखी बनायोः पल शाह



अ+ अ-

काठमाडौं । अभिनेता तथा मोडल पल शाहले गायिका समीक्षा अधिकारीसँगको सम्बन्धको विषयमा गलत समाचार सार्वजनिक गरिनुले आफूलाई दुःखी बनाएको बताएका छन् ।

उनले सामाजिक संजालमार्फत धारणा व्यक्त गर्दै केही दिनदेखि समीक्षा र आफ्नो सम्बन्धको विषयमा आएका समाचारले आफूलाई माया गर्ने दर्शक निक्कै दुःखी भएको महसुश आफूले पाएको बताएका छन् । 

‘मैले सधै दर्शक श्रोता मेरो घर अनि मिडियालाई आफ्नो परिवार मानेको छु र सदैव मानिरहने छु। यहि घर परिवारको माया, आशीर्वाद र शुभेच्छाको कारणले गर्दा नै म यहासम्म आइपुगेको छु। मैले जानेर नजानेर कसैको चित्त दुखाएको छु भने म यसै पोस्ट मार्फत हार्दिक माफी माग्द्छु।’ पलले भनेका छन्  ‘गायिका समिक्षा अधिकारी र मेरो बिचमा भएको मित्रता र सहकार्यलाई अन्य अन्य तथानम शिर्षक दिएर सिङ्गो पत्रकारिता लाई पनि बदनाम गर्ने र हाम्रो चरित्र हत्या हुने कार्य नगरिदिनुहोला ।’ 

पलले लेखेका छन्, 
नमस्कार
देश बिदेशमा रहनुभएका सम्पुर्ण मेरा दर्शक श्रोता ज्युहरुमा हार्दिक सम्मान अनि धेरै माया। बिगत केही दिनदेखी मेरो र गायिका समिक्षा अधिकारीको बिषयमा आइरहेका समाचार बाट म लगायत मेरो परिवार अनि मलाई माया गर्नुहुने सिङ्गो दर्शक दिर्घ नै दुखी बनेको महशुस हामिले गरेका छौ । जुनसुकै क्षेत्रमा काम गर्दा पनि केही ब्यक्त्ती समूह कहि न कहि कुनै न कुनै प्रकारले नजिक हुने गर्छ यो हामी सबैलाई थाहा भएकै कुरा हो। मेरो पेशा र बिधाका कारण म धेरै मान्छेहरु सँग सहकार्य गर्नुपर्ने हुन्छ र म सँग जोडिनु हुने मेरा अग्रज, अनुज र सहकर्मीहरुमाझ मैले सदैब आफुलाई सहज र सहयोगी तवरले प्रस्तुत गरिरहेको हुन्छु। अरु कलाकारहरु सँग जस्तै र अरुले जस्तै साङ्गितिक सहकार्य गायिका समिक्षा अधिकारीसँग पनि भएको कुरा यहाहरुलाई विदितै छ।  हुँदै नभएका, गर्दै नगरिएका, बिना आधारका कुराहरुलाई गसिप बनाएर एउटा कालाकार र उसको व्यक्त्तिगत जीवन माथी आंच आउने किसिमले लेखिएका झुटा समाचारहरुले मलाई अत्यन्तै दुखि बनाएको छ। यसरी कसैको व्यक्त्तिगत प्रतिष्ठा र चरित्र हत्या हुने गरि बदनाम गर्ने गरि समाचार नबनाई दिनुहुन सम्पुर्ण मिडियाकर्मी ज्युहरुलाई हार्दिक अनुरोध गर्दछु। 
    मैले सधै दर्शक श्रोता मेरो घर अनि मिडियालाई आफ्नो परिवार मानेको छु र सदैव मानिरहने छु। यहि घर परिवारको माया, आशीर्वाद र शुभेच्छाको कारणले गर्दा नै म यहासम्म आइपुगेको छु। मैले जानेर नजानेर कसैको चित्त दुखाएको छु भने म यसै पोस्ट मार्फत हार्दिक माफी माग्द्छु।
गायिका समिक्षा अधिकारी र मेरो बिचमा भएको मित्रता र सहकार्यलाई अन्य अन्य तथानम शिर्षक दिएर सिङ्गो पत्रकारिता लाई पनि बदनाम गर्ने र हाम्रो चरित्र हत्या हुने कार्य नगरिदिनुहोला । 
धन्यवाद 
–हजुरहरुको पल शाह !!