७ असार २०८३, आईतवार
,
Latest
उत्तरी थाइल्याण्डमा रेलवे सुरुङ निर्माणका क्रममा दुर्घटना, दुईको मृत्यु रास्वपा महाधिवेशनमा भाग लिन चितवन पुगे प्रदीप ज्ञवाली रास्वपाको महाधिवेशनमा विचार र संस्थालाई प्राथमिकता दिन पूर्व महामन्त्री ढकालको आग्रह रास्वपाको महाधिवेशन: व्यवस्थापनमा र्‍याट र बाउन्सर, सुरक्षामा नेपाल प्रहरी दीपक बोहराद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा रास्वपाको केन्द्रीय सदस्यमा राहुल केसीले उम्मेदवारी दिने क्रियाशील दलित पत्रकार सङ्घको अध्यक्षमा प्रकाश धौलाकोटी सर्वसम्मत चयन अष्ट्रेलियाले इन्धन अन्तःशुल्क कटौतीको अवधि एक महिना थप गर्‍यो नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको कार्यालय तुलसीलाल स्मृति प्रतिष्ठानमा सारिने



अ+ अ-

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कार्यालय च्यालसलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा सारिने भएको छ । गत वैशाखमा थापाथलीमा सारिएको कार्यालय प्रतिष्ठानको भवनमा सारिने पार्टीका महासचिव ईश्वर पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार अबका दिनमा पार्टीका कामकारबाही त्यहीँबाट सञ्चालन गर्ने गरी पार्टी र प्रतिष्ठानबीच समझदारी भएको छ । 

लामो समयदेखि बल्खुको मदननगरमा कार्यालय रहेको थियो । विसं २०७२ को भूकम्पमा सो भवन भत्किएपछि धुम्बाराहीस्थित पासाङ ल्हामु स्मृति प्रतिष्ठानमा कार्यालय सारिएको थियो ।

गत वैशाख ९ गते थापाथलीमा कार्यालय सारिएको थियो भने पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोही दिन मदननगरमा नयाँ भवनको शिल्यान्यास गर्नुभएको थियो । तेह्र रोपनी क्षेत्रफलमा फैलिएको सो जग्गामा दुई वर्षभित्रमा भवन बनाइने बताइएको छ । 

थापाथलस्थित कार्यालय साँघुरो भएकाले केही समयदेखि पार्टीले बैठक र कार्यक्रमहरू च्यासलस्थित प्रतिष्ठानमा नै गर्दै आएको थियो । मदननगरस्थित भवन २०५३ सालमा निर्माण गरिएको थियो ।