७ असार २०८३, आईतवार
,
Latest
उत्तरी थाइल्याण्डमा रेलवे सुरुङ निर्माणका क्रममा दुर्घटना, दुईको मृत्यु रास्वपा महाधिवेशनमा भाग लिन चितवन पुगे प्रदीप ज्ञवाली रास्वपाको महाधिवेशनमा विचार र संस्थालाई प्राथमिकता दिन पूर्व महामन्त्री ढकालको आग्रह रास्वपाको महाधिवेशन: व्यवस्थापनमा र्‍याट र बाउन्सर, सुरक्षामा नेपाल प्रहरी दीपक बोहराद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा रास्वपाको केन्द्रीय सदस्यमा राहुल केसीले उम्मेदवारी दिने क्रियाशील दलित पत्रकार सङ्घको अध्यक्षमा प्रकाश धौलाकोटी सर्वसम्मत चयन अष्ट्रेलियाले इन्धन अन्तःशुल्क कटौतीको अवधि एक महिना थप गर्‍यो नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभापति देउवाले काँग्रेसलाई गतिशिल बनाउन असक्षम सावित भईरहेको सिंहको आरोप (भिडियो सहित)



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवासहितका नेतृत्वले पार्टीलाई बेथितीमा राखेको आरोप लगाउनुभएको छ । आईतबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता सिंहले १३ औँ महाधिवेशनबाट चुनिएका पदाधिकारी र पार्टी सभापतिले नेपाली काँग्रेसलाई बेथितीमा राखेको आरोप लगाउनुभएको हो । 

उहाँले पार्टी सभापति शेरबहादुर देउवाले नेतृत्वमा कब्जा गर्ने निहित उद्देश्यले अहिले पार्टीलाई नै अस्तव्यस्त पारेको बताउँदै काँग्रेसलाई सबल बनाउन र गुटबन्दीबाट मुक्त गर्नु अहिलेको आवश्यक्ता भएको बताउनुभयो । उहाँले पार्टी सभापति देउवा काँग्रेसलाई गतिशिल बनाउन असक्षम सावित भईरहेको आरोप लगाउनुभयो । नेता सिंहले मधेशमा नागरिकता दिन ढिलासुस्ति गरिएको बताउँदै यसलाई समाधान गर्न संविधानको मर्म र ऐनअनुरुप काम गर्नुपर्ने बताउनुभयो । उहाँले नेपाली काँग्रेसको अहिलेसम्मको इतिहास हेर्दा १४ औँ राष्ट्रिय महाधिवेशन जस्तो किचलो र अस्तव्यस्त कहिल्यै नभएको बताउँदै अझै पनि दुई वटा जिल्लामा क्रियाशील सदस्यताको टुंगो नलागेको बताउनुभयो ।  

नेता सिंहले भन्नुभयो, ‘सम्मानजनक जिउनका लागि, जुन अहिले मधेशमा नागरिकताको ढिलासुस्ति भइरहेको छ, संविधानको भावनाको मर्म, ऐनहरु बनाएर कार्यान्वयन गर्नुपर्नेमा ढिलासुस्ति भइरहेको छ, यो राष्ट्रिय मुद्दाले मधेश र सबै नेपाली जनतालाई पिरोलीरहेको छ, यी मुद्दाहरुलाई चाँडो भन्दा चाँडो टुंग्याउनु पर्छ, अहिलेको जस्तो १४ औँ महाधिवेशन जस्तो अस्तव्यस्त अहिलेसम्म भएको थिएन, अधिवेशन प्रारम्भ भएपनि क्रियाशील सदस्यताको टुंगो अझै दुईवटा जिल्लामा लागिसकेको छैन, ४-४ पटक महाधिवेशनको तिथिमिति तोकिसकेको र सजिलै सारिएको छ, १३ औँ महाधिवेशनबाट चुनिएका पदाधिकारी र पार्टी सभापतिले, आफ्नो स्वार्थका लागि काम गरेका छन्, पार्टीलाई सभापति र सदस्यले बेथितीमा राख्न पाइन्न ।’
 
नेता सिंहले मधेसमा देखिएको नागरिकता सहितको समस्याहरुलाई अविलम्ब सरकारले समाधान गर्नुपर्नेमा जोड दिँदै काँग्रेसको कमजोरीको कारणले कम्युनिष्ट सत्तामा आएको र अहिले पनि काँग्रेसले आफ्नो आचरणमा सुधार गर्नुपर्ने बताउनुभयो । पदाधिकारीहरुले महाधिवेशनलाई सामान्य रुपमा लिएर चार÷चार पटक मिति परिवर्तन गरेको भन्दै उहाँले अब कुनै हालतमा पनि मिति सार्न नदिने दाबी गर्नुभयो । आफ्नो स्वार्थ पूरा गर्नकै लागि हुँदै नभएको क्रियाशील सदस्यताको विवाद चर्काइएको नेता सिंहले बताउनुभयो ।