७ असार २०८३, आईतवार
,
Latest
उत्तरी थाइल्याण्डमा रेलवे सुरुङ निर्माणका क्रममा दुर्घटना, दुईको मृत्यु रास्वपा महाधिवेशनमा भाग लिन चितवन पुगे प्रदीप ज्ञवाली रास्वपाको महाधिवेशनमा विचार र संस्थालाई प्राथमिकता दिन पूर्व महामन्त्री ढकालको आग्रह रास्वपाको महाधिवेशन: व्यवस्थापनमा र्‍याट र बाउन्सर, सुरक्षामा नेपाल प्रहरी दीपक बोहराद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा रास्वपाको केन्द्रीय सदस्यमा राहुल केसीले उम्मेदवारी दिने क्रियाशील दलित पत्रकार सङ्घको अध्यक्षमा प्रकाश धौलाकोटी सर्वसम्मत चयन अष्ट्रेलियाले इन्धन अन्तःशुल्क कटौतीको अवधि एक महिना थप गर्‍यो नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिमादका ९ मध्ये ६ वडामा अधिवेशन सम्पन्न



अ+ अ-

तनहुँ । नेकपा एमालेले शनिबारबाट देशैभर वडा अधिवेशन गरेको छ । जसमध्ये तनहुँको भिमाद नगरपालिकामा ६ वटा वडामा अधिवेशन सम्पन्न भएको छ । ९ वडा रहेको भिमादमा अव ३ वडामा अधिवेशन बाँकी रहेको छ । जसमध्ये १,६ र ७ वडामा अधिवेशन बाँकी छ । 

वडा नं २ को अध्यक्षमा घनश्याम लम्साल, उपाध्यक्षमा प्रेमबहादुर राना, सचिवमा धनबहादुर थापा, उपसचिवमा रक्षा राना र चोकबहादुर राना चयन भएका छन् । 

यस्तै वडा नं ३ को अध्यक्षमा डोलराज सेन, उपाध्यक्षमा रामबहादुर थापा, सचिवमा विजय मल्ल, उपसचिवमा राममाया श्रेष्ठ र धनमाया थापा चयन भएका छन् । 

यस्तै वडा नम्बर ४ को अध्यक्षमा निमाकान्त पौडेल, उपाध्यक्षमा तिलबहादुर थापा, सचिवमा तुलबहादुर थापा (सरोज), उपसचिवमा रेवती थापा र लोकबहादुर थापा चुनिएका छन् । 

यसैगरी वडा नं ५ को अध्यक्षमा तुलबहादुर थापा, उपाध्यक्षमा गोविन गुरुङ, सचिवमा नानुमाया गैह्रे, उपसचिवमा विष्णुहरी अधिकारी र टिकाराम आले चयन भएका छन् भने वडा नं ८ को अध्यक्षमा सुर्य प्रसाद पराजुली, उपाध्यक्षमा तेजेन्द्र श्रेष्ठ, सचिवमा शुसिल शाही, उपसचिवमा सन्तोष थापा र नारायण भुजेल चयन भएका छन् । 

यस्तै वडा नम्बर ९ को अध्यक्षमा रनबहादुर थापा, उपाध्यक्षमा देवी मोक्तान आले, सचिवमा शिवकुमार आले चयन भएका छन् ।