२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

लाइसेन्सको पर्खाइमा सात लाख आवेदक



अ+ अ-

काठमाडौँ। यातायात व्यवस्था विभागले सात लाख प्रति सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) वितरण गर्न सकिरहेको छैन । सात लाख व्यक्तिले करिब डेढ वर्षदेखि लाइसेन्स कु्रिरहेका छन् तर विभागले भने छपाइकार्ड सकिएको भन्दै हाल छपाइ कार्य नै बन्द गरेको छ । अत्यावश्यकबाहेक हाल छपाइ कार्य नभएको विभागले जनाएको छ ।

छपाइ गर्न बाँकी लाइसेन्सको काम तिहारपछि गरिने भएको छ । यो महिनाभित्रै कार्ड आइसकेपछि बाँकी छपाइको काम सुरु गरिने विभागका प्रवक्ता डा। लोकनाथ भुसालले जानकारी दिनुभयो । फ्रान्सबाट १४ लाख प्रति कार्ड ल्याइँदै छ, जसमध्ये छपाइ गर्न बाँकी सात लाख लाइसेन्सको छपाइ गरिने बताउँदै उहाँले भन्नुभयो, ‘‘कार्ड आउनासाथ बाँकी रहेका लाइसेन्सलाई पहिलो प्राथमिकता दिएर छपाइ कार्य गरिनेछ ।’’ २०७२ सालमा स्मार्ट लाइसेन्स लागूू भएपछि प्रिन्ट गर्ने काम बाँकी रहँदै आएको हो । ग्लोबल टेन्डर प्रक्रिया नै ढिला गरी खुला गरिएकाले कार्डको अभाव हुन गएको विभागले जनाएको छ ।

तिहारअघि लाइसेन्स आवेदन : कात्तिक दोस्रो सातादेखि स्मार्ट लाइसेन्सको नयाँ आवेदन खुला हुने भएको छ । करिब छ महिना बन्द भएको नयाँ आवेदन दोस्रो सातादेखि खुला गर्ने तयारी भएको विभागले जनाएको छ । गत वैशाख १६ गतेदेखि लाइसेन्सको नयाँ आवेदन बन्द छ । ट्रायल परीक्षा भने सुचारु गरिएको थियो । कोरोना महामारीअघिसम्म नयाँ लाइसेन्सको आवेदन दिनेको सङ्ख्या दैनिक आठ हजार थियो । लामो समयसम्म आवेदन बन्द हुँदा लाइसेन्सको माग बढ्ने अनुमान विभागको छ । एक्कासि चाप बढ्न सक्ने भएकाले त्यसैअनुसारको तयारीसाथ खुला गर्न लागिएको विभागका प्रवक्ता डा. भुसालले जानकारी दिनुभयो ।

विभागले सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न राजपत्रमा सूचना प्रकाशन गर्न लागिएको जनाएको छ । सवारीसाधनको विवरण डिजिटल प्रणालीमा राख्न इम्बोस्ड नम्बर प्लेट लागूू गरिएको थियो । राजपत्रमा प्रकाशन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सूचना पठाइसकिएको उहाँले बताउनुभयो । २०७७ साउन १ गतेबाट पुनः सुचारु गरिए पनि नम्बर प्लेट राख्न आउनेको सङ्ख्या कम भएकाले अनिवार्य गर्न लागिएको हो । विभागले २०७४ भदौ ५ गतेबाट इम्बोस्ड नम्बर प्लेट वितरण सुरु गरेको थियो ।, समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।