काठमाडौं । नेकपा (एमाले(ले सनिबार देशभरि एकैसाथ करिब छ हजार वडा कमिटीको अधिवेशन गरेको छ । वडा कमिटीमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित ३१ जना निर्वाचित भएका छन् । गाउँपालिका र नगरपालिकामा ३१ सदस्यीय कमिटी, पमहानगरपालिकामा ४१ सदस्यीय कमिटी र महानगरपालिकाका वडा कमिटीमा ५१ सदस्यीय कमिटी निर्वाचित हुनेछन् ।

कमिटीलाई ३३ प्रतिशत महिला अनिवार्य गरिएको छ । देशभरि छ हजार ७४३ वडा रहेका छन् । यस पटकको वडा अधिबेशनका नयाँ अनुहारहरु नेतृत्वमा आएका छन् ।

यसै क्रममा काठमाडौं महानगर वडा नम्बर १० को कमिटीमा पनि नयाँ र पुराना नेता तथा कार्यकर्ताहरु मिश्रीत कमिटी बनेको छ । अधिवेशनबाट लक्ष्मीनारायण महर्जन अध्यक्षमा चयन हुनु भएका छ भने कल्पना भुसाल भण्डारी उपाध्यक्ष र किशोर थापा सचिव चयन हुनु भएको छ । यसै गरी विमला पौडेल र लिलाबहादुर भट्टराई उपसचिव चयन हुनु भएको छ । यसै गरी २९ जना सदस्यमा चयन हुनु भएको छ ।

एमालेले राष्ट्रिय महाधिवेशनको तयारीस्वरुप आज पहिलो चरणमा वडा कमिटीको अधिवेशन गरेको हो । एमालेले वडा अधिवेशन सकेर यही कात्तिक ९ गते पालिका अधिवेशन गर्ने छ । एमालेको आगामी मङ्सिर १० देखि १३ गतेसम्म १० औँ राष्ट्रिय महाधिवेशन चितवनमा हुने भएको छ ।












