२३ जेष्ठ २०८३, शनिबार
,
Latest
पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

पारस र सावित्रा दशक खेलाडी



अ+ अ-

काठमाडौं । पारस खड्का र सावित्रा भण्डारीले एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको दशक अवार्डबाट सम्मानित भएका छन् । पछिल्लो १० वर्षमा नेपाली खेलकुदमा गरेको प्रदर्शनका आधारमा क्रिकेटका पारस र फुटबलकी सावित्राले दशक खेलाडी अवार्ड पाएका हुन् ।

आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार काठमाडौंको प्रज्ञा भवनमा भव्य समारोहको आयोजना गरि दशक अवार्डबाट खेलाडीलाई पुरस्कृत गरेको हो । दशकको प्रशिक्षक अवार्डबाट भने क्रिकेटका जगत टमाटा सम्मानित बने । कोभिड १९ का कारण २०७७ सालमा खेलकुदका उल्लेख्य गतिविधि नभएकाले मञ्चले पछिल्लो एक दशक नेपाली खेलकुदमा छाएका पुरुष, महिला खेलाडी र प्रशिक्षकलाई दशक अवार्डबाट सम्मानित गरेको हो ।

पिपल्स च्वाईस अवार्ड भने टेबलटेनिसकी एलिना महर्जनले जितेकी गरिन् । उनले फुटबलकी एन्जिला तुम्बापो सुब्बा, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल र क्रिकेटका कुशल भुर्तेललाई पछि पार्दै पिपल्स च्वाइस अवार्ड जितेकी हुन् । उनले ईसेवा भोटिड, प्रशिक्षक र खेल पत्रकारको मतका आधारमा उनी विजेता बनेकी हुन् ।

दशक पुरुष, दशक महिला र दशक प्रशिक्षक र पिपल्स च्वाइस अवार्डबाट सम्मानित बनेका चारै जनाले ट्रफीसहित बजाज पल्सर मोटरसाइकल प्राप्त गरेका छन् ।

यस वर्ष गोल्डेन स्यायुट अवार्डबाट शरदचन्द्र शाहलाई सम्मान गरियो । नेपाली खेलकुदको जग हाल्न महत्वपुर्ण भुमिका खेलेका शाहलाई कार्यक्रममा लाइफटाइम अचिभमेन्टअवार्ड अन्तर्गत मरणोपरान्त गोल्डेन स्यालुट अवार्डबाट सम्मान प्रदान गरिएको हो । यस्तै, एसियन स्पोर्टस जर्नलिस्ट अवार्डबा कुवेतका सद्दाम अल खाली सम्मानित भए । उनको सम्मान एआईपीएस एसियाका महासचिव अमजद अजिज मलिकले ग्रहण गरेका थिए ।

स्पेसल अवार्ड खेलकुद क्षेत्रमा लामो समय चिकित्सकीय सेवा गरेका अजय राणा र पर्फमर अफ दी इयरबाट एथलेटिक्सकी पुष्पा भण्डारी पाएका थिए । पारा एथलिट अवार्डबाट बास्केटबल, पावर लिफ्टिडकी सरिता थुलुङ सम्मानित हुँदा टिम अफ दी ईयरबाट थ्री नेसन्स कप विजेता नेपाली राष्ट्रिय फुटबल टिम (पुरुष) सम्मानित बनेको थियो । विधागततर्फका विजेताले ट्रफीसहित जनही ५० हजार रुपैयाँ प्राप्त गरेका थिए ।

विजेता तथा सम्मानित खेलाडीलाई युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, प्रायोजक हंशराज हुलासचन्द एन्ड कम्पनीका प्रवन्ध निर्देशक शेखर गोल्छा, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राखेपका उपाध्यक्ष शिव कोइराला, निमित्त सदस्यसचिव कुलबहादुर थापा, मन्त्रालयका सचिव दामोदार रेग्मीसहित विभिन्न कर्पोरेट क्षेत्रका व्यक्तित्वले पुरस्कार प्रदान गरेका थिए ।

बजाजको पल्सर मुख्य प्रायोजक रहेको स्पोर्टस अवार्डलाई हरेक वर्ष नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्दै आएको छ । कार्यक्रमलाई सूर्य नेपाल, इ सेवा, डिस मिडिया नेटवर्क, केल्मी, प्लाजा होटल ग्रुप, रोयल सिंगी होटल, इमेजिङ, नेबिल इनभेस्टमेन्ट बैंकिङ, रुस्लानले प्रायोजन गरेका थिए । अवार्ड कार्यक्रमलाई नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीले सहयोगी भूमिका निर्वाह गरेका थिए ।