२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक २०.३४ अंकले ओरालो, २ अर्ब ४ करोड ६३ लाख बढीको कारोबार



अ+ अ-

काठमाडौँ । दुई दिन लगातार रुपमा वृद्धि भएको नेप्से परिसूचक बुधबार गिरावट आएको छ । बुधबार नेप्से परिसूचक २०.३४ अंक घटेर २ हजार ६३०.३६ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.२२ अंकले घटेको छ भने फ्लोट इण्डेक्स १.४७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५६ अंकले घटेको छ ।

बुधबार कारोबारमा आएका २२६ कम्पनीको ३९ लाख ८५ हजार कित्ता शेयर २ अर्ब ४ करोड ६३ लाख ५२ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । मंगलबारको तुलनामा कारोबार रकममा समेत गिरावट आएको छ । मंगलबार २ अर्ब ५१ करोड ८८ लाख ९४ हजार १७८ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

नेप्सेका १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ । जसमा व्यापार उपसमूहको परिसूचक ०.५० प्रतिशत बढेको छ भने म्युचुअल फण्डको ०.२५ प्रतिशत बढेको छ । तर यता विकास बैंक, वित्त, जलविद्युत, अन्य र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ ।

नेप्से परिसूचकमा गिरावट आएपनि दुई वटा कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ्ग नेपाल लघुवित्तको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, बुद्धभूमि नेपाल हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर र सेन्ट्रल फाइनान्सको शेयरमूल्य ३ प्रतिशतभन्दा बढीले गिरावट आएको छ ।

कारोबार रकमका आधारमा आजको दिन करिब साढे ८ करोडको शेयर खरिदबिक्री गरेर एनआईसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ । त्यसैगरी, जीवन विकास लघुवित्तको ८ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।