२३ जेष्ठ २०८३, शनिबार
,
Latest
पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

युक्रेन युद्धलाई लिएर तीनवटा शिखर सम्मेलनका लागि बाइडेन ब्रसेल्समा



अ+ अ-

अमेरिकी राष्ट्रपति जो बाइडेन युक्रेन युद्धका सम्बन्धमा नेटो, जी७ र युरोपेली सङ्घको शिखर सम्मेलनमा भाग लिन बिहीबार ब्रसेल्स आइपुगेका छन्।

त्यसपछि बाइडेन पोल्याण्डका राष्ट्रपति एन्ड्रेज डुडालाई भेट्न वार्सा जानेछन्।

रूसको युद्धविरुद्ध विश्वव्यापी विरोध प्रदर्शन गर्न जेलेन्स्कीको आग्रह

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बुधबार विश्वभरका नागरिकहरूलाई आफ्नो देशमा रुसको आक्रमणको विरोध गर्न सडकमा आउन आग्रह गरेका छन्।

“युक्रेनलाई समर्थन गर्न, स्वतन्त्रतालाई समर्थन गर्न, जीवनलाई समर्थन गर्न युक्रेनी प्रतीकहरू लिएर आउनुहोस्”, जेलेन्स्कीले भने, “
आउनुहोस् तपाईंका चोकमा, गल्लीहरूमा, आफैँलाई देख्ने र सुन्ने बनाउनुहोस्।”

पुटिन जी २० शिखर सम्मेलनमा भाग लिन ‘एक कदम धेरै टाढा’– अष्ट्रेलियाका प्रधानमन्त्री

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई यस वर्षको जी२० शिखर सम्मेलनमा अन्य विश्व नेताहरूसँग बस्न अनुमति दिनु ‘एक कदम धेरै टाढा’ हुने बताएका छन् ।

पुटिनलाई यस वर्षको आयोजक जकार्ताले नोभेम्बरमा हुने जी२० राष्ट्र प्रमुखहरूको शिखर सम्मेलनमा निमन्त्रणा गरिसकेको छ । पुटिन सो सम्मेलनमा आउन चाहेको इन्डोनेसियाका लागि रुसी राजदूतले बताए । तर मोरिसनले छिमेकी युक्रेनमा रुसको युद्धलाई उद्धृत गर्दै आपत्ति जनाए। एजेन्सी