२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ विदेश मन्त्री पूर्वनिर्धारित समयभन्दा दुई घन्टाअघि नै काठमाडौं उत्रिने



अ+ अ-

काठमाडौं । चिनियाँ विदेश मन्त्री वाङ यी पूर्वनिर्धारित समयभन्दा दुई घन्टाअघि नै काठमाडौं उत्रिने हुनुभएको छ ।

यसअघि उहाँ साढे पाँच बजे काठमाडौं आउने भनिएको थियो। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार वाङको चार्टर्ड जहाज २ घन्टाअघि नै काठमाडौं आउने भएको हो ।

वाङ अहिले भारतको राजधानी नयाँदिल्लीमा हुनुहुन्छ ।

नेपालमा रहदा उहाँको बसाई बत्तिसपुलतीमा रहेको होटल द्वारीकामा हुने स्रोतले जनाएको छ । विदेशमन्त्री यीले सनिबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नुहुने छ ।

यसैगरीपराराष्ट्रमन्त्री डा खड्का र विदेशमन्त्री यीले शनिबार आ–आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्दै द्विपक्षीय वार्ता गर्नुहुनेछ । विदेशमन्त्री यी होटल द्वारीकामा नै पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली तथा पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणका क्रममा मदन भण्डारी बिज्ञान तथा प्रबिधि प्रतिष्ठान,दासढुङा नारायणगढ कोरिडर आयोजना सहित केही बिषयहरुमा सम्झौता हुने जनाईएको छ । यसै गरी चीनले नेपाललाई उपलब्ध गराउदै आएको सहयोग रकममा बृद्धि गर्ने , विसं २०७६ मा नेपाल र चीनबीच भएको १९ वटा सहमति तथा सम्झौताका सन्दर्भमा छलफल हुने जनाईएको छ ।