२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक्लैले जित्ने ठाउँमा गठबन्धन आवश्यक छैन – कांग्रेस नेताहरु



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका नेताहरुले स्थानीय तहको निर्वाचनमा पार्टी एक्लैले जित्ने अवस्था रहेको ठाउँमा गठबन्धन आवश्यक नरहेको बताएका छन् ।

शुक्रवार पार्टीको केन्द्रीय कार्यालयमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा बोल्दै केन्द्रीय सदस्यहरुले आगामी २०७९ बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा कांग्रेस एक्लैले जित्ने ठाउँमा गठबन्धन आवश्यक नरहेको बताएका हुन् । बैठकबारे सञ्चारकर्मीहरुलाई जानकारी दिदैँ नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले गठबन्धन गर्दा पार्टीले जित्ने ठाउँमा गठबन्धन गर्ने र गठबन्धन बिना जित्ने ठाउँमा गठबन्धन नगर्ने भनि केन्द्रीय सदस्यहरुले मत राखिरहेको बताउनुभयो । प्रवक्ता महतले सभापति शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनमा गठबन्धन गर्न जर्बजस्त निर्णय लाद्न खोजेको भनि गलत प्रचार गरिएको बताउनुभयो ।

उहाँले पार्टी सभापतिले जर्बजस्त निर्णय नलाद्ने र यसको सम्बन्धमा निर्णय केन्द्रीय कमिटी बैठकले गर्ने बताउनुभयो । स्थानीय तहको आवश्यकता र वस्तुस्थितिलाई वेवास्ता गरेर माथि बाट कुनै पनि निर्णय नलादिने उहाँले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो – ‘हाम्रो पार्टी सभापति लाद्न चाहानुहुन्छ भनेर जर्बजस्ती एउटा न्यारेटिभ पब्लिकमा पठाउने प्रयास भइराखेको छ । त्यो गलत कुरा हो । कुनै लाद्ने कुरा पनि भएको छैन । छलफल त भर्खर भइराख्या छ । जे परिस्थिति छ, तलको इनपुटको आधारमा निर्णय गर्ने भन्दाभन्दै पहिला नै पार्टी सभापतिले यस्तो गर्न चाहानुभएको थियो, हामीले त्यो कुरा हुनुुहुन्न भनेर यस्तो निर्णय गरिदियौँ भन्नका लागि यो कुराहरु आइराखको छ कि मैले बुझ्या छैन । त्यसकारण पार्टी सभापति स्पष्ट हुनुहुन्छ कि, जहाँ हाम्रो आवश्यकता छ ।

पार्टीलाई फाइदा कसरी हुन्छ भन्ने कुरो हो । निर्वाचनमा जाने भनेको बढीभन्दा बढी सिट कसरी जित्ने भन्ने हो । त्यो गठबन्धन गरेर जितिन्छ, गठबन्धन हुन्छ । गठबन्धन नगर्दा हुन्छ, गठबन्धन हुँदैन । ठाउँपिच्छे फरक–फरक परिवेश छ । सबै ठाउँमा एउटै सिद्धान्त लागु हुँदैन । पार्टी सभापतिले चाहीँ यसरी लाद्नुहुँदैछ, उहाँले लाद्ने कुरा कहाँ गर्नुभाछ ? केन्द्रीय समिति बैठक बसिराछ । त्यहाँबाट निर्णय हुन्छ । केन्द्रीय समितिको निर्णय लाद्या हुन्छ । केन्द्रीय समितिको निर्णय बिना पार्टी सभापति एक्लै जानुहुन्छ ? केन्द्रीय समितिले त्यहाँको वस्तुस्थिति वेवास्ता गरेर निर्णय गर्छ ? गर्दैन । जे कुरा सम्प्रेषित गर्न कोसिस भइराखेको छ, म स्पष्ट ढंगबाट के भन्न चाहान्छु भने त्यो पार्टीको आधिकारिक दृष्टिकोण पनि होइन, र पार्टी सभापतिले लादेर काम कहिल्यैपनि गर्नु भाछैन । आजको दिनमा पनि गर्नुहुन्न । भोलिको दिनमा पनि गर्नुहुन्न । जे निर्णय हुन्छ यहाँबाट सर्वसम्मत् निर्णय हुन्छ ।’

बैठकमा बोल्ने केन्द्रीय कमिटी सदस्यहरुले घर–घर जाऔँ, कांग्रेस जिताऔँ अभियानको सम्बन्धमा र सम्बन्धित जिल्लाको तल्लो तहसम्मको पार्टी संगठनको अवस्थाको बारेमा रिर्पोटिङ गरिरहेको उहाँले बताउनुभयो । प्रवक्ता महतले नेपाल विद्यार्थी संघमा अध्यक्ष तोकिएको विषयलाई विवादित भनेर सम्प्रेषण गर्नु आवश्यक नरहेको बताउनुभयो । पार्टी सभापति देउवाले पार्टीसँग सरसल्लाह र सुझाव लिएरै निर्णय गर्नुभएको उहाँले बताउनुभयो ।