२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘कट एण्ड कलर हेयर सलोन’ उद्घाटन गर्न पुगिन् दीपाश्री निरौला



कलाकार दीपाश्री निराैला
कलाकार दीपाश्री निराैला समेतका कलाकारद्वारा व्युटी सेलुनकाे उद्घाटन
अ+ अ-

काठमाडौं । ललितपुरको कुमारीपाटीमा ‘कट एण्ड कलर हेयर सलोनको पुन: शुभारम्भ गरिएको छ । बिगत १२ बर्ष देखि संचालनमा आएको ‘कट एण्ड कलर हेयर सलोन’ पुन: नयाँ स्थान र अत्याधुनिक सेवा सुबिधा सहित संचालनमा ल्याइएको पार्लरकी संचालिका सारा गुरुङले जानकारी गराएकी छिन।

लोकप्रिय अभिनेत्री, निर्देशक दिपाश्री निरौला, लोकप्रिय हास्य कलाकार सन्दिप क्षेत्रि र बरिष्ठ सौन्दर्यबिद रश्मिला श्रेष्ठले संयुक्त रुपमा रिवन तथा केक काटेर पार्लरको उद्घाटन गरेका थिए। उक्त अवसरमा संचारकर्मी/कलाकार सुर्य चन्द, ब्युटिसियन तथा समाजसेवी निकिता पाण्डे, चर्चित फेसन डिजाईनर काजल शर्मा लगायत अन्य सौन्दर्यकर्मी, समाजसेवी तथा सेवाग्राहीहरुको बाक्लो उपस्थिति रहेको थियो।

यस पार्लरमा अनुभबी सौन्दर्यकर्मी द्वारा सेवा सुविधा उपलब्ध गराइने पार्लरकी संचालक तथा कुशल ब्युटिसियन सारा गुरुङले बताईन। उक्त क्षेत्रको एक मात्र अत्याधुनिक प्रबिधियुक्त पार्लर सौन्दर्य प्रति सचेत महिला तथा पुरुषहरुको लागि भरपर्दो गन्तव्य रहेको छ । अन्तराष्ट्रिय स्तरको प्रबिधि र सेवामुलक सम्पूर्ण सुबिधा सम्पन्न भएको सलोन जहाँ दक्ष अनुभवि सौन्दर्यकर्मी द्वारा सेवाग्राहीहरुले सेवा लिन पाउनेछन् ।

महिला तथा पुरुष ग्राहकहरुको लागि खोलिएको गुणस्तरलाई नै पहिलो प्राथमिकता दिदै आएको यस ‘कट एण्ड कलर हेयर सलोन’ ललितपुर कुमारीपाटीको केकेएफसीको पछाडि रहेको छ । शुभारम्भमा प्रमुख अथिति दीपाश्री निरौला र विशेष अतिथि सन्दीप क्षेत्री, रश्मिला श्रेष्ठले  बधाई तथा शुभकामाना दिएका थिए ।

सुन्दर राम्रो बन्ने चाहना सबैको हुन्छ तर सबै ठाउमा भरपर्दो तथा गुणस्तर सेवा पाउन गाह्रो भएको परिस्थितिमा ‘कट एण्ड कलर हेयर सलोन’ सौन्दर्य क्षेत्रमा एक मात्र भरपर्दो र सेवाग्राहीहरुको सर्बाधिक रोजाइमा परेको पार्लर हो जहाँ ग्राहकहरुको माया विश्वास र भरोसा छ। पार्लरको ओपनिङको अवसर तथा नयाँ बर्ष २०७९ को उपल्क्ष्यमा सम्पूर्ण सेवा सुबिधामा २०% छुटको समेत ब्यवस्था गरिएको सारा गुरुङले जानकारी गराएकी छिन।