२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

रावण र ओली उस्तै हुन्: माधवकुमार नेपाल (भिडियोसहित)



अ+ अ-

काठमाडौ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष ओलीलाई रावणसँग तुलना गर्नुभएको छ ।

आईतवार काठमाडौंमा भएको समाजवादी प्रेस संगठन, नेपालको प्रथम विस्तारित बैठकमा बोल्दै अध्यक्ष नेपालले अध्यक्ष ओलीलाई रावणसँग तुलना गर्नुभएको हो । उहाँले रावण, कंश र शिशुपालले गरेका गल्तीहरु ओलीले गरिरहेको भन्दै उनीहरुसँग तुलनात्मक रुपमा अध्ययन गरेर देखाउन आवश्यक रहेको बताउनु भयो ।

अध्यक्ष नेपालले अध्यक्ष ओली कम्युनिष्टको आवरणमा जन्मिएको तानाशाह भएको टिप्पणी गर्नुभयो । उहाँले हिटलर डेमोक्रेसीको आवरणमा तानाशाह बनेको उदाहरण दिँदै ओलीले पनि त्यही प्रवृति गरिरहेको आरोपसमेत लगाउनु भयो ।

अध्यक्ष नेपालले भन्नुभयो, ‘केपीको बारेमा चर्चा गर्दा ठ्याक्क रावणमा के के प्रवृतिहरु देखिए, कंशमा के के प्रवृतिहरु देखिए, शिशुपालले सय वटा के के अपराध ग-यो ? र हिटलरले के के कुकृत्य गरेको थियो ? ठ्याक्क त्यसलाई तुलनात्मक अध्ययन गरेर केपी ओलीलाई देखाउनुस् । डेमोक्रेसीको आवरणमा हिटलर तानाशाही भयो । डेमोक्रेसीको आवरणमा बोल्यो । डेमोक्रेसीले नै जन्माएको हो हिटलर ।

तर डेमोक्रेसीले सबैलाई राम्रो मात्र जन्माउँदो रहेनछ । तानाशाह पनि जन्माउँछ । काँग्रेस वा भनौँ हाम्रा विपक्षीहरुलाई के भन्नुपर्छ भने कम्युनिष्टहरु अधिनायकवादी हुन्छन् भन्छन् नि, होइन, कम्युनिष्टको आवरणमा पनि तानाशाहहरु जन्मिदा रहेछन् । डेमोक्रेसी र समाजवादको आवरणमा, साम्यवादको आवरणमा, कम्युनिष्टहरुको आवरणमा पनि तानाशाह जन्मिन्छ । कम्युनिष्ट भएकैले सबै तानाशाह हुन्छन् भन्ने कुरा होइन । यो पात्र विशेषमा उत्पन्न भएको विकृत प्रवृति हो ।’

अध्यक्ष नेपालले पछिल्लो समय देशभर नै आफ्नो पार्टीमा कार्यकर्ताहरुको आकर्षण बढीरहेको दाबीसमेत गर्नुभयो ।