२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ विदेश मन्त्री स्वदेश फिर्ता



अ+ अ-

काठमाडौं । तीन दिने नेपाल भ्रमण सकाएर चिनियाँ विदेश मन्त्री वाङ यी स्वदेश फिर्ता हुनुभएको छ । आइतबार दिउँसो साढे २ बजेतिर उहाँ चीन प्रस्थान गर्नुभएको हो ।

उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्यालले बिदाइ गर्नुभयो ।

विदेश मन्त्री यी गत शुक्रबार भारत हुँदै नेपाल आउनुभएको थियो ।

यीले नेपाल भ्रमणका क्रममा शनिबार शिवपुरीमा हाइकिङ गर्नुभएको थियो भने शनिबार भएको द्वीपक्षीय वार्तामा नेपाल र चीनबीच ९ बुँदे समझदारीमा हस्ताक्षर भएको थियो ।

यस्तै, विदेश मन्त्री यीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नुभएको थियो ।

आइतबार स्वदेश फर्किनुअघि उहाँले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेट गर्नुभएको थियो ।