२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

नाइजेरियाको सत्तारुढ दलमा नयाँ नेतृत्व



अ+ अ-

अबुजा । नाइजेरियाको सत्तारुढ दल अल प्रोग्रेसीभ कंग्रेस पार्टीमा नयाँ नेतृत्व चयन गरिएको छ ।

आगामी सन् २०२३ मा हुने राष्ट्रपतिय निर्वाचनका लागि पार्टी भित्रको विवाद कम गर्ने उद्देश्यले नयाँ नेतृत्व चयन गरिएको अधिकारीहरूले जनाएका छन् ।

वर्तमान राष्ट्रपति मोहम्मद बुहारीलाई विस्थापित गर्नेगरी नयाँ उम्मेदवार छनौट गर्ने तयारीमा सत्तारुढ दल रहेको छ ।

राष्ट्रपति बुहारी सन् २०१५ मा पहिलो पटक राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो।

झण्डै एक हप्ता लामो आन्तरिक छलफल र कसरतपछि पार्टीका बरिष्ठ नेता अब्दुल्लाही अडामुलाई पार्टीको नेतृत्व दिने सहमति भएको हो । उहाँलाई वर्तमान राष्ट्रपति बुहारीको समेत समर्थन रहेको छ ।

पार्टीमा नेतृत्व संकट टरेको र आपसी विवाद पनि अव अन्त्य हुने उहाँले दावी पनि गर्नु भएको छ ।

सबैभन्दा धेरै जनसङ्ख्या रहेको अफ्रिकी मुलुक नाइजेरियामा राष्ट्रपति बुहारीप्रति असन्तुष्टि जनाउदै यसअघि देखि नै विकल्पको खोजी भइरहेको थियो । नयाँ नेतृत्वका लागि थुप्रै प्रभावशाली नेताहरूले कसरत गरेका थिए ।

राजधानी अुबजामा भएको हजारौँ सहभागी सम्मेलनबाट नयाँ नेतृत्व चयन गरिएपछि मुलुकको राजनीतिले नै स्पष्ट मार्ग समात्ने अपेक्षा गरिएको छ ।




भर्खरै