२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

सातै प्रदेशमा नाथुमका कलेज स्थापना गरिनेछ: मन्त्री आले



अ+ अ-

काठमाडौं ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपालका सातै प्रदेशमा नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटल मेनेजमेन्ट (नाथुम)का कलेज स्थापना गरिने बताउनुभएको छ । नाथुम कलेज रविभवन, कालिमाटी, काठमाडौँको आज ४९औँ वार्षिकोत्सवका अवसरमा मन्त्री आलेले नाथुम कलेज काठमाडौँमा मात्रै सीमित नराखेर अब सातै प्रदेशमा बिस्तार गर्ने गरी काम सुरु भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “नाथुम कलेजमा पढ्नका लागि अब सुदूरपश्चिम, कर्णालीलगायत विकट ठाउँबाट काठमाडौँ धाउनु पर्दैन, छिट्टै नै हामी सातै प्रदेशमा कलेज स्थापना गर्छौँ, अब आफ्नै प्रदेशमा विद्यार्थीले पढ्न पाउने छन् ।” मन्त्री आलेले सातै प्रदेशमा नाथुमका कलेज स्थापनाका लागि प्रयास सुरु भइसकेको र त्यहाँका कलेजका प्राचार्यसमेत तोकिसकिएको जानकारी दिनुभयो । काठमाडौँ विश्व विद्यालयसँगको सहकार्यमा नाथुमका सातै प्रदेशमा कलेज स्थापनाका लागि पहल सुरु भएको मन्त्री आलेको दाबी थियो ।

मन्त्री आलेले सबै प्रदेशमा काठमाडौँ विश्वविद्यालयसँगको सहकार्यमा होटेल मेनेजमेन्ट, ट्रेनिङ कोर्स तथा ट्राभल टुरिजमका तालिम पनि सञ्चालन गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “सबै प्रदेशमा पर्यटन प्रवद्र्धन तथा विभिन्न होटेल मेनेजमेन्ट, ट्रेनिङ कोर्सका तालिम सञ्चालन गरिनेछन् ।”

नाथुम कलेजका अध्यक्षसमेत रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले त्रिभुवन युनिर्भसिटीका केही अव्यवहारिक सर्तका कारण नाथुमका कलेज सञ्चालन गर्न नसकेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “हाम्रो अरु केही उद्देश्य छैन तर नाथुमका कलेज सातै प्रदेशमा सञ्चालन गर्ने र यसलाई एक्सलेन्समा लैजाने भन्ने हो ।”

बहराइनको होटेल म्यानेज मेन्टको त्यहाँको एक इनिष्टच्युटले एउटा सेमेष्टर नेपालमा सञ्चालन गर्न चाहान्छ भनेर बहराइनका राजदूतले आफूलाई खबर गरेकाले उनीहरूसँग सहकार्य गरी उनीहरूका विद्यार्थीलाई छ महिना यहाँ पढाइने र हाम्रा विद्यार्थी त्यहाँ पढ्न पठाइने बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रा नाथुमका विद्यार्थी विदेश पढ्न पठाउने र विदेशका विद्यार्थीलाई यहाँ ल्याएर नाथुममा पढ्ने गरी व्यवस्था मिलाउँदै छौँ ।” हामी सातै प्रदेशमा हाम्रै स्वामित्वमा हाम्रा कलेज स्थापना गरिने र नाथुमलाई ब्राण्ड बनाएर लैजानेसमेत सचिव न्यौपानेले दाबी गर्नुभयो ।




भर्खरै