२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

निःशुल्क भिडियो एक्स–रे सेवा सुरु



अ+ अ-

रामपुर (पाल्पा) । पाल्पाको पूर्वखोला गाउँपालिकाले निःशुल्क भिडियो एक्स–रे तथा जनस्वास्थ्य प्रयोगशाला सेवा सुरु गरेको छ ।

रिङ्गनेरह स्वास्थ्य चौकीमा स्थापना गरिएको सो सेवा प्रत्येक महिनाको एक दिन घुम्ती शिविरको आयोजना गरी वडावडाका स्वास्थ्य संस्थामार्फत सेवा दिने उद्देश्यले भिडियो एक्स–रे तथा जनस्वास्थ्य प्रयोगशाला स्थापना गरिएको स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले जानकारी दिनुभयो ।

नागरिकको स्वास्थ्य आधारभूत आवश्यकता रहेकाले पालिकाले त्यसलाई प्राथमिकतामा राखेर प्रदेश सरकारसँग समन्वय गरी भिडियो एक्स–रे सेवाको सुरुआत गरिएको गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले बताउनुभयो ।

सामान्य एक्स–रे र रगत जाँचकै लागि उपचार शुल्कभन्दा बढी यातायात शुल्क तिरेर सदरमुकाम जानुपर्ने बाध्यता थियो । भिडियो एक्स–रे र प्रयोगशाला सेवा लिन तानसेन जानुपर्ने समस्या अब हटेको छ । गाउँपालिकाको स्वास्थ्य शाखाको यही चैत ७ गतेसम्मको तथ्याङ्कअनुसार ११२ जना गर्भवती पालिकाभित्र छन् । पालिकाले ६ वटै वडामा प्रत्येक महिनाको एक दिन निःशुल्क भिडियो एक्स–रे र जनस्वास्थ्य प्रयोगशाला सेवा सुरु गर्ने निर्णयसमेत गरेको छ । भिडियो एक्स–रे मेशिन स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र लुम्बिनी प्रदेशबाट प्राप्त भएको हो भने तालिम स्वास्थ्य केन्द्र प्रदेशको समन्वयमा भएको थियो ।

आधारभूत स्वास्थ्य सेवा स्थानीय तहको प्रत्येक वडाबाट प्रवाह गरिनुपर्ने भनिए पनि अझै पनि कतिपय पालिकामा यस्तो व्यवस्था छैन । स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा केन्द्र निर्माण तथा सेवा सञ्चालनसम्बन्धी कार्यविधि– २०७५ मा स्वास्थ्य संस्था नभएका वडाहरुमा क्रमश ः स्वास्थ्य संस्था स्थापना गरिँदै लगिने उल्लेख छ ।

यसका साथै सम्बन्धित स्थानीय तहले स्वास्थ्य संस्था नरहेका आफ्ना वडाहरुमा आधारभूत स्वास्थ्य सेवा केन्द्रको स्थापना गर्नुपर्ने व्यवस्था छ । भिडियो एक्स–रे र प्रयोगशाला जस्ता सामान्य सेवाका लागि पनि अन्यत्र निर्भर रहनुपर्ने अवस्था छ । रासस