२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चको न्यायाधीशमा प्रस्तावित श्रेष्ठको नाम अनुमोदन



अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीशमा सिफारिस भएका तिलप्रसाद श्रेष्ठको नाम अनुमोदन भएको छ । संसदीय सुनुवाइ समितिले श्रेष्ठको नाम अनुमोदन गरेको हो ।

मंगलबार बसेको समितिको बैठकले सर्वसम्मत रुपमा श्रेष्ठको नाम अनुमोदन गरेको हो ।

न्यायपरिषदले उच्च अदालत विराटनगरका मुख्यन्यायाधीश श्रेष्ठलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो । सर्वोच्च अदालतमा एक जना न्यायाधीशको पद खाली थियो । सर्वोच्चमा प्रधानन्यायाधीशसहित २१ जना न्यायाधीश हुने व्यवस्था छ ।

संसदीय समितिको अनुमोदनसँगै अब श्रेष्ठलाई राष्ट्रपतिले न्यायाधीशमा नियुक्त गर्नुहुनेछ ।