२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालका लागि अमेरिकाको राजदूतमा राष्ट्रपति वाइडेनद्वारा थम्सन प्रस्तावित



अ+ अ-

वाशिङटन डिसी । अमेरिकाका राष्ट्रपति जोसेफ वाइडेनले नेपालका लागि राजदूतमा डिन आर थम्सनलाई प्रस्ताव गर्नुभएको छ । ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा नेपालका लागि राजदूतमा थम्सनलाई नियुक्त गर्न राष्ट्रपतिले प्रस्ताव गर्नुभएको उल्लेख गरिएको छ ।

लामो समय परराष्ट्र सेवामा कार्यरत थम्सनले सन् २०२१ को सेप्टेम्बर १५ देखि अमेरिकाको परराष्ट्र सेवामा दक्षिण तथा मध्य एसियाका लागि मुख्य सहायकमन्त्रीको भूमिकामा कार्यरत रहनुभएको छ । उहाँको नियुक्तिलाई सिनेटले अनुमोदन गरेपछि नेपालका लागि राजदूत नियुक्त हुने व्यवस्था रहेको छ ।

परराष्ट्र सेवामा लामो समय काम गर्नुभएका थम्सनको राजदूतको भूमिकामा नियुक्त हुनुभएको पहिलोपटक हो । यस अगाडि उहाँसँग मलेसियाको राजधानी क्वालालम्पुरमा चिफ अफ मिशन भएर काम गरेको अनुभव रहेको छ । यसअघि रोमानियाका लागि उपनियोग प्रमुख भएर काम गर्नुभएका थम्सनले विभिन्न पदमा रहेर भारत, श्रीलङ्कालगायत देशमा पनि बस्नुभएको स्टेट डिपार्टमेन्टमा रहेको उहाँको व्यक्तिगत विरणमा उल्लेख गरिएको छ ।

अमेरिकी विदेशमन्त्रीहरुलाई सिधा सहयोग, चौबिसै घण्टा खुला हुने अपरेशन सेन्टर लगायतका विभिन्न इकाइमा बसेर देश सेवा गर्नुभएका थम्सनले परराष्ट्र सेवाभन्दा अघि रक्षा मन्त्रालय मातहत रहेर काम गर्नुभएको अनुभवसमेत रहेको छ ।

युनिभर्सिटी अफ मेरिल्यान्डको पब्लिक अफेयर्सबाट सार्वजनिक व्यवस्थापनमा स्नातकोत्तर गर्नुभएका उहाँले नेशनल सेक्युरिटी स्टडीमा स्नातकोत्तर उपाधि ग्रहण गर्नुभएको छ ।




भर्खरै