२३ जेष्ठ २०८३, शनिबार
,
Latest
एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मार्च २१ गतेदेखि मुम्बईमा र मार्च २५ देखि बैङ्लोरमा हप्तामा तिनवटा उडान हुनेछ : मन्त्री आले



अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले दिल्लीमा हरेक दिन दुईवटा उडान हुने बताउनुभएको छ ।

बुधवार नाटाले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै मन्त्री आलेले दिल्लीमा हरेक दिन दुईवटा उडान गर्न लागिएको बताउनुभएको हो । उहाँले बैंककमा हप्तामा दुई वटा र साउदी अरेबियाको रियादमा हप्तामा तिनवटा उडान भर्ने गरी अगाडी बढेको जानकारी दिनुभयो । मन्त्री आलेले मार्च २१ गतेदेखि मुम्बईमा हप्ताको तिनवटा र मार्च २५ देखि बैङ्लोरमा पनि हप्तामा तिनवटा उडान भरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘हामीले २१ मार्च देखि मुम्बईमा ३ वटा उडान हप्तामा हामी गर्दैछौँ नेपाल एयरलाइन्सको जहाजले । त्यस्तै २५ मार्च देखि हामी बैङ्लोरमा हप्तामा ३ वटा फ्लाइट हामी गर्दैछौँ । एक अप्रिलबाट जापानको नारितामा दुईवटा उडान भर्दैछौँ । दिल्लीमा हरेक दिन दुईवटा फ्लाइट हुनेगरी हामी हप्तामा १४ वटा फ्लाइट गर्दैछौँ । त्यस्तै बैंकक हप्तामा दुईवटा गर्दैछौँ । अनि दुबई, दोहा, हङकङ नियमित उडान भइरहेको छ । म यहाँहरुलाई जानकारी गराउन चाहान्छु । र यही १५ अप्रिल साउदी अरेबियाको रियादमा पनि हप्तामा तिनवटा उडान भर्नेगरी हामी अगाडी बढाउँदै छौँ ।’

मन्त्री आलेले आफुले मन्त्रालय सम्हालेदेखि ग्राउन्डेड भएर बसेका जहाजहरुलाई अधिकतम समय आकाशमा उडाउने काम भएको बताउनुभयो । पहिले ४देखि ५ घण्टा उडान भर्ने जहाजले हाल १० देखि १३ घण्टासम्म उडान भर्ने गरेको उहाँले उल्लेख गर्नुभयो । उहाँले खतरायुक्त सामग्रीहरु ल्याउने सर्टिफिकेट पनि नेपाल एयरलाइन्सले प्राप्त गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘जहाजहरु अहिले ग्राउन्डेड होइन अधिकतम समय आकाशमा उडाउने कामहरु भएको छ । विगतमा नेपाल एयरलाइन्सका जहाजलाई घाममा सुकाउने अवस्थामा थियो । तर अहिले अधिकांश पहिला ४ देखि ५ घण्टा उडान गर्ने जहाज अहिले करिब १० देखि १३ घण्टा हामीले उडाइ राखेका छौँ । ६३ वर्षको इतिहासमा डेन्जरस् गुड क्यारी गर्ने सर्टिफिकेट नेपाल एयरलाइन्सले प्राप्त गरेको छ । वायु सेवा निगमले विश्वका १४ वटा अन्तर्राष्ट्रिय एयरलाइन्ससित एसपीए बाट संसारको ३१ वटा प्रसिद्ध शहरहरुमा नेपाल वायु सेवा निगमका टिकटहरुबाट यात्रुहरुको उडान सकिने व्यवस्था मिलाएको कुरा पनि म यहाँहरुलाई जानकारी गराउन चाहान्छु ।’

मन्त्री आलेले क्यासिनोहरुको रोयल्टी र नविकरण तथा अन्य होटल व्यवसायमार्फत् दस्तुरमार्फत् सरकारले १ अर्ब रुपैयाँ संकलन गरेको बताउनुभयो । रोयल्टी रकम बुझाउन अटेर गर्ने ३ वटा क्यासिनोको लाइसेन्स रद्द गरिएको उहाँले बताउनुभयो ।