२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिल्म ‘आरआरआर’को कमाई ७ सय करोड पार



अ+ अ-

काठमाडौं । गत हप्ताबाट प्रदर्शनमा आएको फिल्म ‘आरआरआर’ले बक्स अफिसमा आक्रमक कमाई गरेको छ ।

एसएस राजामौली निर्देशित फिल्म ‘आरआरआर’को हिन्दी भर्सनमा मात्र प्रदर्शनको ७ दिनमा १ सय ३० करोडमाथिको कमाई गरिसकेको छ भने विश्वभरबाट ७ सय करोडको आँकडा पार गरेको छ ।

५ सय ५० करोडको लागतमा निर्माण भएको फिल्मले प्रदर्शनको सात दिनमा विश्वभरबाट ७ सय ९ करोड ३६ लाखको व्यापार गरेको ट्रेड एनालिस्ट मनोबाला विजयबालनले ट्रविटरमार्फत् जानकारी दिएका छन् ।

यस्तै, फिल्मको लाइफटाइम बिजनेस १५ सय करोड करोड पुग्ने अनुमान गरिएको छ ।

हिन्दी, तमिल, तेलुगू, कन्नड र मलयालम भाषामा एकसाथ रिलिज भएको यस फिल्ममा साउथ सुपरस्टार राम चरण र एनटीआर जूनियर मुख्य भूमिकामा छन् भने अजय देवगन र आलिया भट्टले क्यामियो रोल गरेका छन् ।