२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको हार्ने बानी छैन, माधव नेपालले हरुवा एमाले बनाएर गए – अध्यक्ष ओली



file photo
अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको हार्ने बानी नभएको बताउनुभएको छ ।

काठमाडौंमा आयोजित अनेरास्ववियुको विस्तारित बैठक उद्घाटन समारोहमा बोल्दै ओलीले सो कुरा बताउनुभएको हो ।

‘अब एमालेको हार्ने बानी छैन, एमालेको जित्ने बानी छ । एमालेले पूरानो माधव नेपाल समयको हरुवा आदत छोड्दियो । २४० सिट लड्दाखेरि ३३ सिटमा खुम्चिने । एमाले भाले होकी पोथी हो भन्ने मान्छे । के नीति हो एमालेको थाहा छैन जिस्काउने ।’ अध्यक्ष ओलीले भन्नुभयो ‘ न कांग्रेसको विरोधमा बोल्न सक्या छ, जानुपर्ने कांग्रेसमा रैछ कसरी बोल्नु । कांग्रेसको पछि लाग्नुपर्ने रहेछ कसरी बोल्नु ।’