२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

कलाकार द्वारा संचालित सिन्धु सहयोग कोष मार्फत रकम हस्तान्तरण



अ+ अ-

काठमाडौं । नेपाली कलाकारहरुले स्थापना गरेको ‘सिन्धु सहयोग कोष’ मार्फत आज एक कार्यक्रमको आयोजना गरि मेलाम्ची बाढिपीडित बस्ति निर्माणका लागि संकलित रकम(कोष) हस्तान्तरण गरिएको छ।

प्राकृतिक प्रकोपबाट पीडित भएकाहरुलाइ एकीकृत बस्ति निर्माण गर्नको लागि कलाकारहरु द्वारा स्थापना गरिएको कोष मार्फत मेलाम्ची बाढिपिडित एकीकृत बस्ति निर्माण समितिलाइ रु नौ लाख नौ हजार एक सय अट्सठि ९९,०९,१६८।२३० कलाकार द्वारा संचालित ‘सिन्धु सहयोग कोष’ का संयोजक बरिष्ठ अभिनेता कृष्ण मल्लले समितिका अध्यक्ष कृष्ण थापालाइ हस्तान्तरण गरेका हुन्।

कोषको सह संयोजकमा अभिनेत्री करिश्मा मानन्धर रहेकी छिन् भने कोषको सदस्य सचिवमा कृष्ण ढुंगाना, कोषाध्यक्षमा जीतु नेपाल, सह कोषाध्यक्षमा चेतन सापकोटा तथा सदस्यहरुमाझ अभिनेत्री श्वेता खड्का, गायिका सुनिता दुलाल, अभिनेत्री पूजा शर्मा तथा अभिनेता भुवन केसी रहेका थिए ।

कोषका संयोजक कृष्ण मल्लको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बागमती प्रदेश सभा सदस्य माननीय युबराज दुलाल ुशरदु को प्रमुख आतिथ्यता रहेको थियो भने बिसेष अतिथिहरुमा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का, चलचित्र द्वन्द कलाकार संघका अध्यक्ष नारायण प्रधान, बरिष्ठ कलाकार मदनदाश श्रेष्ठ, बरिष्ठ समाजसेवी शोभित उप्रेती, बरिष्ठ अभिनेत्रीहरु भुवन चन्द, बसुन्धरा भुसाल, चैत्यदेबी, चलचित्र कलाकार संघका उपाध्यक्ष द्वय मोहन निरौला, सानु ताम्राकार महासचिब चेत बहादुर सिंह ‘राजा’ प्रेस सल्लाहकार सुर्य चन्द, सदस्य धर्मेन्द्र आचार्य, नेपाल फिल्म सोसाइटिका महासचिब राजेश बिसुराल, बरिष्ठ अभिनेता पुरन जोशी, बरिष्ट चलचित्रकर्मी तथा संचारकर्मी सम्झना रौनियार, मेलम्ची नगरपालिकाका नगर प्रमुख डम्बर बहादुर अर्याल लगायतका बिशिष्ठ व्यक्तित्वहरु, संचारकर्मीहरुको उपस्थिति रहेको थियो।

उक्त रकम हस्तान्तरण कार्यक्रममा बोल्दै बक्ताहरुले कलाकारहरु देशको मेरुदण्ड भएको र देशमा संकट परेको बेला सदैब मद्दत, सहयोगको लागि एकजुट हुने र संकलित रकमको सहि सदुपयोग हुने कुरामा बिश्वस्त रहन आग्रह गरेका थिए। बिबिध कारणबस रकम हस्तान्तरण गर्न ढिलाई भए पनि रकमलाइ एकीकृत बस्ति निर्माणको लागि नै दिन पाउँदा खुसि लागेको संयोजक कृष्ण मल्लले जानकारी गराए।

उक्त अवसरमा सहयोग गर्ने सहयोगी संघ संस्था, दाताहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो। कार्यक्रम संचालन कोषको सदस्य सचिवमा कृष्ण ढुंगानाले गरेका थिए।