२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेस्टर सिटीसँग बराबरीमा रोकियो युनाइटेड, ब्रेन्टफोर्डसँग चेल्सीको लज्जास्पद हार



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर युनाइटेड र लेस्टर सिटीले बराबरी खेलेका छन् ।

शनिबार राति युनाइटेडको मैदानमा भएको खेलमा दुबै टिमले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

दुबै गोल दोस्रो हाफमा सम्भव भएको थियो । खेलको ६३ औं मिनेटमा केलेची इहान्चोले गोल गर्दै लेस्टरलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि, ६६ औं मिनेटमा फ्रेडले गोल गर्दै युनाइटेडलाई बराबरीमा ल्याए । त्यसपछि दुबै टिमबाट थप गोल हुन सकेन ।

बराबरीसँगै युनाइटेड ३० खेलबाट ५१ अंकसहित तालिकाको छैटौं स्थानमा छ भने लेस्टर २८ खेलबाट ३७ अंकसहित नवौं स्थानमा छ ।

यस्तै, शनिबार राति नै भएको अर्को खेलमा चेल्सी आफ्नै घरेलु मैदानमा ब्रेन्टफोर्डसँग ४–१ गोलले पराजित भएको छ ।

खेलको ४८ औं मिनेटमा एन्टोनियो रुडिगरले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ५० औं मिनेटमा भिटाली जानेल्टले गोल गर्दै बेन्टफोर्डलाई बराबरीमा ल्याए । ५४ औं मिनेटमा क्रिस्टियन एरिक्सनले गोल गर्दै ब्रेन्टफोर्डको अग्रता दोब्बर पारे ।

यस्तै ६० औं मिनेटमा जान्लेटले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे । ८७ औं मिनेटमा योआन वीसाले गोल गर्दै ब्रेन्टफोर्डलाई ४–१ को जित दिलाए ।

पराजित चेल्सी २९ खेलबाट ५९ अंकसहित तेस्रो स्थानमा रहेको छ भने ब्रेन्टफोर्र्ड ३१ खेलबाट ३३ अंकसहित १४ औं स्थानमा रहेको छ ।