२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक ३०.८९ अंकले गिरावट



अ+ अ-

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचक गिरावट आएको छ ।

पछिल्लो समय निरन्तर रुपमा गिरावट आएको नेप्से आइतबार ३०.८९ अंक घटेर २ हजार ५१३.४१ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ६.४४ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.९३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६८ अंकले गिरावट भएको छ ।

आइतबार कारोबारमा आएका २२५ कम्पनीको ३२ लाख ५३ हजार कित्ता शेयर १ अर्ब ४६ करोड ७ लाख ७३ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । २२५ कम्पनी मध्ये २९ कम्पनीको मात्र शेयरमूल्य बढेको छ भने १८८ कम्पनीको मूल्य घटेको छ । बाँकी ८ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आइतबार नेप्सेका १३ उपसमूहमा १२ उपसमूहको शेयर मूल्य गिरावट आएको छ भने एउटा मात्रै उपसमूह सामान्य बढेको छ । जसमा अन्य उपसमूहको परिसूचक सर्वाधिक ३.१३ प्रतिशत घटेको छ । त्यस्तै, व्यापार, विकास बैंक, जलविद्युत, वित्त, निर्जीवन बीमा, लघुवित्त, जीवन बीमा र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।

नेप्से परिसूचक ओरालो लागे पनि आज तीन वटा कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा राष्ट्र उत्थान लघुवित्त, इमर्जिङ्ग नेपाल र नेष्डो समृद्ध लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, जाल्पा लघुवित्तको शेयरमूल्य ४ प्रतिशत बढेको छ भने युनाइटेड इदी मार्दीको शेयर मूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ ।

कारोबार रकमका आधारमा ९ करोड ७२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री गरेर सूर्या लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सिद्धार्थ इन्स्योरेन्सको ५ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने नबिल बैंकको ४ करोड भन्दा बढीको शेयर कारोबार भएको छ ।