२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय तहको निर्वाचनमा जुट्न अध्यक्ष नेपालको आग्रह



अ+ अ-

महेन्द्रनगर । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आसन्न स्थानीय तहको निर्वाचनमा जुट्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

कञ्चनपुरको बेदकोट नगरपालिकामा आज आयोजित सभामा अध्यक्ष नेपालले पार्टी नेतृत्वको ध्यान पनि निर्वाचनमा केन्द्रित भएको बताउनुभयो । “वडा हुँदै टोलटोलमा कमिटी बनाउन ढिलाइ नर्गनुस्”, उहाँले भन्नुभयो, “जनताको घरदैलोमा गएर प्रचारप्रचार गरेर कलम चिह्नमा भोट माग्नुहोस् ।”

गठबन्धनमा सहभागी पार्टीहरुबीच निर्वाचनमा एकताबद्ध भएर जाने विषयमा वार्ता भइरहेको अध्यक्ष नेपालले उल्लेख गर्नुभयो । “संविधान बचाउन र गणतन्त्र बचाउन चाहने पार्टी एक ठाउँमा उभिनेछन्”, उहाँले भन्नुभयो । क्रान्तिकारी सोच बोकेर विद्रोहको झण्डा बुलन्द गरी अगाडि बढेको उल्लेख गर्दै उहाँले आगामी स्थानीय तहको निर्वाचनबाट ७५३ पालिकामा करिब ३२ हजार जनप्रतिनिधि निर्वाचित हुने जानकारी दिनुभयो ।

“गल्ती भयो भनेर महसुस गरी समाजवादीमा आउन आग्रह गर्छु”, बेदकोट नगरपालिकाका नगरप्रमुख अशोककुमार चन्दसहित दुई दर्जन बढी जनप्रतिनिधिलगायतलाई पार्टीमा प्रवेश गराउने क्रममा अध्यक्ष नेपालले भन्नुभयो ।