२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय तह निर्वाचनः निर्वाचन तथा मतदाता शिक्षा निर्देशिका २०७८ स्वीकृत (भिडियोसहित)



अ+ अ-

काठमाडौं । निर्वाचन आयोग नेपालले स्थानीय तह निर्वाचन २०७९ लाई व्यवस्थित र प्रभावकारी तरिकाले सम्पन्न गर्न आवश्यक पर्ने निर्वाचन तथा मतदाता शिक्षा निर्देशिका २०७८ स्वीकृत गरेको छ ।

सोमवार आयोगमा भएको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगले स्थानीय तह निर्वाचन २०७९ लाई व्यवस्थित र प्रभावकारी तरिकाले सम्पन्न गर्न आवश्यक पर्ने निर्वाचन तथा मतदाता शिक्षा निर्देशिका २०७८ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको बताउनु भएको हो । उहाँका अनुसार आयोगले निर्वाचन तालिम व्यवस्थापन तथा सञ्चालन निर्देशिका २०७८, मतदान निर्देशिका २०७८ र मतगणना निर्देशिका २०७८ आयोगबाट स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ । प्रवक्ता पौडेलले स्थानीय तह निर्वाचन २०७९ का लागि आवश्यक मतपत्र छपाइ कार्यक्रम जनक शिक्षा सामग्री केन्द्रमा शुरु भइ छपाइ कार्य जारी रहेको बताउनु भयो । उहाँले स्थानीय तह निर्वाचनका लागि कुल २३ लहर समूहका ७७ प्रकारका १ करोड ९४ लाख थान मतपत्र छपाइ हुने र सबैभन्दा कम १६ लहरको मतपत्र डोल्पाको हुने र सबैभन्दा बढी ५६ लहरको मतपत्र काठमाडौंको हुने बताउनु भयो ।

प्रवक्ता पौडेलले भन्नुभयो, ‘आयोगलाई स्थानीय तह निर्वाचन २०७९ लाई व्यवस्थित र प्रभावकारी तरिकाले सम्पन्न गर्न आवश्यक पर्ने निर्वाचन तथा मतदाता शिक्षा निर्देशिका २०७८, निर्वाचन तालिम व्यवस्थापन तथा सञ्चालन निर्देशिका २०७८, मतदान निर्देशिका २०७८ र मतगणना निर्देशिका २०७८ आयोगबाट स्वीकृत भइ कार्यान्वयनमा आएका छन् ।

स्थानीय तह निर्वाचन २०७९ का लागि आवश्यक मतपत्र छपाइ कार्यक्रम जनक शिक्षा सामग्री केन्द्रमा शुरु भइ छपाइ कार्य जारी रहेको छ । कुल २३ लहर समूहका ७७ प्रकारका १ करोड ९४ लाख थान मतपत्र छपाइ हुनेछन् । सबैभन्दा कम १६ लहरको मतपत्र डोल्पाको हुनेछ भने सबैभन्दा बढी ५६ लहरको मतपत्र काठमाडौंको हुनेछ ।

निर्वाचन सामग्री तथा आर्थिक व्यवस्थापन सम्बन्धी प्रदेशस्तरीय प्रशिक्षण विराटनगर, धुलिखेल, बुटवल र नेपालगञ्जमा मिति २०७८÷१२÷१९ मा सम्पन्न भएका छन् । उक्त प्रशिक्षणमा निर्वाचन कार्यालयका एजेन्सी शाखा र आर्थिक प्रशासन शाखाका कर्मचारीहरु सहभागी रहेका थिए ।’

प्रवक्ता पौडेलले निर्वाचन कार्यालयका एजेन्सी शाखा र आर्थिक प्रशासन शाखाका कर्मचारीहरु सहभागी रहेको निर्वाचन सामग्री तथा आर्थिक व्यवस्थापन सम्बन्धी प्रदेशस्तरीय प्रशिक्षण विराटनगर, धुलिखेल, बुटवल र नेपालगञ्जमा सम्पन्न भएको पनि बताउनु भयो ।