९ असार २०८३, मंगलवार
,
Latest
महाधिवेशनमा सबैलाई प्रतिस्पर्धाको अवसर, विवेकका आधारमा नेतृत्व छान्न सभापति लामिछानेको आग्रह चितवनमा रास्वपाको बन्द सत्र सुरु नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो रास्वपा महाधिवेशनमा प्रतिनिधि शुल्क नलिने निर्णय, बुझाएको रकम फिर्ता लिन सकिने समस्याग्रस्त बाघ व्यवस्थापन गर्न ‘टाइगर सेन्चुरी’ योजना मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय शिशिर खनालद्वारा महामन्त्री पदमा उम्मेदवारी घोषणा जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्व अधिकारी सफल राजनीतिज्ञ– पूर्वप्रधानमन्त्री खनाल



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एकीकृत (समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले स्व भरतमोहन अधिकारीले गरेको योगदानलाई नेपाली जनताले सधैँ स्मरण गरिरहने बताउनुभएको छ । 

भरतमोहन अधिकारी स्मृति फाउण्डेशनद्वारा आज यहाँ आयोजित स्व अधिकारीको तेस्रो स्मृति दिवसका अवसरमा ज्येष्ठ नागरिक आधारभूत तथा प्रविधिमूलक शिक्षा कार्यक्रमको उद्घाटन कार्यक्रममा उहाँले स्व अधिकारीले सफल अर्थमन्त्रीका रूपमा थुप्रै उदाहरण प्रस्तुत गरिसकेको स्मरण गर्दै नेपाली राजनीतिमा सडक र सदनमा पनि उहाँको भूमिकाको प्रसंशा गर्नुभयो ।

पूर्वप्रधानमन्त्री खनालले हिमालदेखि तराई तथा मेचीदेखि महाकालीसम्मका नेपाली जनताको गरिबी निवारणमा स्व अधिकारीले महत्वपूर्ण योगदान गरेको चर्चा गर्नुभयो । उहाँले नेपालको मैत्री सम्बन्ध भएको राष्ट्रमा राजदूत नियुक्ति गर्न नसक्नु सरकारको असफलता हो भन्दै युक्रेनको विषयमा सरकारले हतारमा दिएको प्रतिक्रिया असंलग्न परराष्ट्र नीतिविपरीत हो भन्नुभयो ।
    
प्रदेश नं १ का स्वास्थ्यमन्त्री जयराम यादव, सामाजिक विकासमन्त्री राजन राई, स्व अधिकारीकी धर्मपत्नी सविता अधिकारी, छोरी लिमा अधिकारी, नेकपा एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष घनेन्द्र बस्नेत, प्रदेश अध्यक्ष बलदेव चौधरी, नेका मोरङ उपाध्यक्ष नागेश कोइराला, नेकपा माओवादी केन्द्रका भोगेन्द्र यादव तथा फाउण्डेशनका सल्लाहकार कृष्ण पोखरेलले स्व अधिकारीले जेष्ठ नागरिकलाई वितरण गर्न सुरु गर्नुभएको सामाजिक सुरक्षाभत्ताले अहिलेसम्म निरन्तरता पाउनुले लक्षित वर्गको सम्मान भएको उल्लेख गर्नुभयो ।

सोही अवसरमा पूर्वप्रधानमन्त्री खनालले शिक्षा, स्वास्थ्य, सङ्गीत, खेलकुद, समाजसेवामा महत्वपूर्ण योगदान दिने चन्द्र थापा, भक्तराज पोखरेल, माधवराज वाना, शान्ति टण्डन, शम्भू साह, मीना जोशी र बेनीगोपाल मुन्दडालाई सम्मान गर्नुभयो ।