२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति भण्डारीद्वारा काष्ठमण्डपको लोकार्पण (तस्बिरहरु/भिडियो)



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले जनप्रतिनिधिहरुले आफूलाई सदैव जनताको सेवामा समर्पित गर्नुपर्ने बताउनु भएको छ ।राष्ट्रपति भण्डारीले काठमाडौं उपत्यकाको वातावरणको संरक्षण हुनेगरी भौतिक निर्माण र पूर्वाधार विकासको कामलाई अघि बढाउन पनि जनप्रतिनिधिहरुलाई आग्रह गर्नु भयो ।

पूरातात्विक महत्वको ऐतिहासिक सम्पदा काष्ठमण्डपको सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच लोकार्पण गर्दै उहाँले काठमाडौं उपत्यकालाई विश्वमा नै प्रकृति र संस्कृतिको संगम थलोको रुपमा मानिएको उल्लेख गर्दै प्रकृतिको संरक्षण हुने गरी विकास, निर्माणको कामलाई अघि बढाउनु सम्बन्धित पक्षले विशेष महत्व दिनुपर्ने बताउनु भयो ।

त्यसैगरी काठमाडौं उपत्यकाको हरियाली प्रवद्र्धन गर्ने, पानीमा मूलहरु बचाउने र जैविक विविधताहरुको रक्षा गर्ने कार्यमा पनि जोड दिनुपर्ने राष्ट्रपति भण्डारीको भनाई थियो । उहाँले काष्ठमण्डप पुनर्निर्माणको काममा योगदान दिएको भन्दै काठमाडौं महानगरपालिका, पुरातत्व विभाग, सम्पदावीद्हरु र स्थानीयबासीलाई पनि धन्यवाद दिनु भयो । राष्ट्रपति भण्डारीले आफ्नै स्रोत, साधन र सीपको परिचालन गरी काष्ठमण्डप पुनर्निर्माणको काम गर्नु राष्ट्रकै लागि खुशीको विषय भएको बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘जनताबाट छानिएको प्रतिनिधिबाट विकासका कार्यहरु संचालन भई जनताका दैनिक आवश्यक्ताहरुको प्रत्यक्ष सम्बोधन हुनु नै लोकतन्त्रलाई संस्थागत गर्ने सबैभन्दा ठूलो माध्याम हो । यसैकारण नेपाली जनताको ठूलो त्याग र बलिदानको प्रतिफल स्वरुप निर्माण भएको वर्तमान संविधानले जनतालाई प्रदान गरिने सेवा र सुविधामा सहज पहुँच स्थापित गर्दै मुलुकको आर्थिक, सामाजिक रुपान्तरण हासिल गर्न संघीय तथा प्रदेश र स्थानीय सरकारलाई पनि अधिकार सम्पन्न बनाएको छ ।

संविधानको यस भावनालाई आत्मासात गरी प्रत्येक जनप्रतिनिधिले आफूलाई सदैव जनताको सेवामा समर्पित गर्नु पर्दछ । काठमाडौं उपत्यकालाई विश्वमा नै प्रकृति र संस्कृतिको अनुपम संगम मानिन्छ । हामीले भौतिक निर्माण र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दा प्रकृतिको संरक्षणगरी वातावरण जोगाउने कार्यलाई ठूलो महत्व दिनुपर्दछ । हरियाली प्रवद्र्धन गर्ने पानीका मूलहरु बचाउने एवम् जैविक विविधताको रक्षा गर्ने कार्यबाट मात्र हामीले सुन्दर धर्तीलाई भावी पुस्तालाई सुरक्षित रुपमा हस्तान्तरण गर्न सक्दछौं ।

आजको यस कार्यक्रममा काष्ठमण्डप पुनर्निर्माणमा विशेष योगदान गर्नु हुने विभिन्न व्यक्तित्वहरुलाई यहाँ सम्मानित गरिएकोमा उहाँहरुलाई बधाई दिँदै भविष्यमा पनि उहाँहरुबाट समाजले योगदान प्राप्त गर्दछ भन्ने विश्वास व्यक्त गर्दछु । यस पवित्र काष्ठमण्डपको पुनर्निर्माण गर्न आवश्यक पर्ने सम्पूर्ण आर्थिक व्यवस्थापनमा सहयोग गर्ने काठमाडौ. महानगरपालिका परिवारलाई म धन्यवाद दिन चाहन्छु । साथै सांस्कृतिक धरोहरको संरक्षण र सम्वद्र्धनका लागि अग्रसरता दिने पूरातत्व विभाग, सम्पदाविद्, एवम् स्थानीयबासीलाई समेत विशेष धन्यवाद दिन चाहन्छु ।’

कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सबै सम्पदाप्रेमीहरु उत्साहित हुनेगरी आफूहरुले सम्पदा पुनर्निर्माणको कामलाई अघि बढाएको दावी गर्नु भयो । उहाँले काष्ठमण्डप पुनर्निर्माणको क्रममा देखिएको विवाद समाधानका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै संस्कृतिविद् सत्यमोहन जोशीप्रति पनि आभार व्यक्त गर्नु भयो ।

मेयर शाक्यले सम्पदाहरुको पुनर्निर्माणका लागि स्थानीयबासीको सहयोग उल्लेखनीय रहेको पनि स्मरण गराउनु भयो । उहाँले २०७२ सालको भूकम्पले क्षति पु¥याएको बाँकि सम्पदाहरुको पुनर्निर्माणको काम पनि छिट्टै सम्पन्न गर्ने आश्वासन दिनु भयो ।

 




भर्खरै