२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको सर्कुलर– तत्काल उम्मेदवारको टुंगो नलगाऊ



अ+ अ-

काठमाडौँ । सत्ता साझेदार दलहरूसँग चुनावी तालमेलको तयारी अघि बढेसँगै नेपाली कांग्रेसले उम्मेदवारको टुंगो तत्काल नलगाउन सर्कुलर गरेको छ ।

पार्टी केन्द्रीय समितिले यसअघि त्यस्ता उम्मेदवारको नाम सिफारिस गर्न र यथासक्य उम्मेदवारको टुंगो लगाउन सर्कुलर गरेको थियो । तर सत्तारुढ दलहरूसँग गठबन्धनको सम्भावना बढेसँगै पार्टीले उम्मेदवारको टुंगो तत्काल नलगाउन सर्कुलर गरेको हो ।

निर्वाचन आयोगले आगामी वैशाख ११ गते उम्मेदवारको मनोनयन गर्ने मिति निर्धारण गरेको छ । पार्टी विधानअनुसार नेपाली कांग्रेसले मनोनयन गर्नुभन्दा एक महिनाअघि नै उम्मेद्वारको टुङ्गो लगाइसक्नुपर्ने हो ।

वैशाख १ गतेसम्ममा उम्मेदवारको टुङ्गो लगाइसक्नुपर्ने भनी निर्देशन दिइएको भए पनि पुनः त्यो प्रक्रियालाई स्थगित गर्न पार्टीले निर्देश गरेको छ ।

पार्टीको विधानअनुसार प्रतिनिधिसभा क्षेत्रीय संसदीय समितिले वडाध्यक्ष र सदस्यहरु, जिल्ला संसदीय समितिले गाउँपालिका अध्यक्ष र उपाध्यक्षको उम्मेदवार तथा प्रदेश संसदीय समितिहरुले नगरपालिका प्रमुख र उपप्रमुखको उम्मेदवार टुङ्गो लगाउनुपर्नेछ ।

नेपाली कांग्रेसले सत्ता साझेदारका अन्य दलसँग आवश्यकताका आधारमा तालमेल गरेर चुनावामा भाग लिने तयारी गरेको छ । सत्ता साझेदार अन्य दलमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा रहेका छन् ।