२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

थुनछेक बहसका लागि पल शाह नवलपुरमा



अ+ अ-

तनहुँ । पुर्पक्षका लागि जिल्ला कारागार तनहुँमा थुनामा रहेका अभिनेता पल शाहलाई मङ्गलबार बिहान नवलपुर पठाइएको छ । शाहलाई नवलपुर जिल्ला अदालतमा दर्ता भएको जबर्जस्ती करणी मुद्दामा थुनछेक बहसका लागि नवलपुर पठाइएको हो ।

सोमबार नवलपुर जिल्ला अदालतबाट आएको थुनछेक बहस प्रयोजनका लागि उपस्थित गराइदिनु भन्ने पत्रानुसार शाहलाई नवलपुर पठाइएको हो ।

जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको यही चैत १० गतेको आदेशपछि उनी पुर्पक्षका लागि थुनामा छन् ।

जिल्ला अदालत नवलपुरमा गत चैत ३ गते शाहविरुद्ध मुद्दा दर्ता भइसकेको छ । मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १ र २ अनुसारको कसूर गरेको दाबी गर्दै शाहविरुद्ध नवलपुरमा मुद्दा दायर भएको थियो ।

उक्त दफामा महिलाको मन्जुरी नलिई करणी गरेमा बलात्कार हुने र १८ वर्षभन्दा कम उमेरकी महिलासँग मञ्जुरीमै करणी गरे पनि बलात्कार हुने उल्लेख छ ।

नवलपरासी पूर्वको एक रिसोर्टमा २०७७ चैत ७ गते आफूमाथि बलात्कार भएको दाबी गर्दै किशोरीले जाहेरी दिएसँगै शाहलाई गत फागुन २४ गते नवलपरासी पूर्वमा पनि झिकाएर प्रहरीले बयान लिएको थियो ।