२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘बिस्का जात्रा’लाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्ने अभियान सुरु



अ+ अ-

भक्तपुर । मध्यपुर थिमी नगरपालिकाले आफ्नो ऐतिहासिक पर्व ‘बिस्का जात्रा’लाई विश्व सम्पदा सूचिमा सूचिकृत समावेश गर्ने अभियान सुरु गरेको छ ।

मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले मध्यपुर ठिमीमा मनाइने यो जात्रा अमूर्त कला भएको उल्लेख गर्दै यसलाई विश्व सम्पदा सूचिमा समावेश हुनेगरी अभियान सुरु गरिएको जानकारी दिनु भएको हो । मंगलबार काठमाडौं भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा पत्रकार सम्मेलन गरी उहाँले त्यसलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्नका लागि आगामी बैशाख ३० गतेदेखि बैशाख २ गतेसम्म हुने सो जात्राको प्रसारप्रचारको काममा सहयोग गरीदिन पनि सञ्चारकर्मीहरुलाई आग्रह गर्नुभयो ।

उहाँले काठमाडौं उपत्यकाका सबै नगरपालिकाका मेयरहरुलाई सो जात्रामा एकसाथ सहभागी गराउन लागिएको पनि बताउनु भयो । सम्बन्धित सबै पक्षले यस जात्राको प्रवद्र्धनमा सहयोग गरे विश्व सम्पदा सूचिमा समावेश गराउन सहज हुने मेयर श्रेष्ठको भनाई थियो ।

पत्रकार सम्मेलनमा बोल्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौं उपत्यका भित्रका सबै जात्राहरुको ऐतिहासिक महत्वबारे नयाँ पिँढीलाई जानकारी दिन पनि सबै जात्राहरुको प्रवद्र्धन गर्ने अभियान संचालन गर्नुपर्ने अवस्था आएको बताउनु भयो । उहाँले ऐतिहासिक तथा धार्मिक सम्पदाहरुको प्रवद्र्धनले पर्यटन प्रवद्र्धनमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने स्पष्ट पार्नुभयो । कार्यक्रममा बिस्का जात्राको फोटोसमेत प्रर्दशनी गरिएको थियो ।