२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ठूला योजनाहरु अघि बढाउँदा प्रतिफल विश्लेषण गर्न जरुरी छ : डा. महत



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता एवम् पूर्वअर्थमन्त्री डा. रामशरण महतले चालू योजनाहरु छिटो सम्पन्न गर्ने काममा लाग्न सरकारलाई सुझाव दिनु भएको छ ।

पूर्वअर्थमन्त्री समेत रहनु भएका नेता महतले विगतमा नयाँ योजनाहरुको नाममा हल्ला हुने गरेको भन्दै चालू योजनाहरु सम्पन्न गर्ने काममा सरकारले ध्यान दिनुपर्ने स्पष्ट पार्नु भयो । बुधबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले ठूला योजनाहरु अघि बढाउँदा त्यसमा लाग्ने लागत र प्रतिफलको गम्भिर ढंगले विश्लेषण गर्नुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो । विगतमा ठूलो खर्च गरेर योजनाहरु अघि बढेको भएपनि त्यसले प्रतिफल दिन नसकेको उहाँको भनाई थियो ।

पूर्व अर्थमन्त्री महतले भन्नु भयो, ‘मत के भन्छु भने–चालू योजनाहरुलाई चाँडै सम्पन्न गर्ने, विगतमा ठूल्ठूला योजनाहरु भनेर हल्ला गर्ने प्रवृत्ति देखियो । तर, त्यस्तो होईन । चालू योजनाहरु चाँडो सम्पन्न गरेर नयाँ ठूल्ठूला योजनहरु गर्दा त्यसको प्रतिफल र खर्चको विश्लेषण गरेर मात्रै अगाडि बढाउनुपर्छ । प्रशासनिक क्षमता पनि बढाउनुपर्छ । धेरै आयोजनाहरु सम्पन्न भएका छैनन् । १० वर्षदेखिको सडक आयोजनाहरु काठमाडौंमै सम्पन्न हुन सकेका छैनन् । त्यसलाई सम्पन्न गराउनुप¥यो । कर्मचारीको दरबन्दी कटौति गरेर भएपनि विकास खर्च बढाउनु प¥यो ।’

काँग्रेस नेता महतले कर्मचारीको दरबन्दी कटौति गरेर भएपनि विकास खर्च बढाउन सरकारको ध्यानाकर्षण गराउनु भयो ।