२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरतपुरको नेतृत्व कांग्रेसले छाड्न हुदैन भन्दै नेताको घरदैलोमा चितवनका नेताहरु



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस चितवनका नेताहरूले भरतपुर महानगरपालिकाको नेतृत्व काँग्रेसले छाड्न नहुने भन्दै नेताहरु ध्यानकर्षण गराउन काठमाडौँ आएका छन् ।

गठबन्धनका लागि कठिन बनेको भरतपुर महानगरपालीका काँग्रेस र माओवादी केन्द्र आफूले पाउनु पर्ने दाबी गर्दै आईरहेका छन् ।

२०७४ को स्थानीय निकायको निर्वाचनमा माआवादी केन्द्रलाई छाडेका कारण यस पटक छाड्न नसकिने आडानमा चितवन काँग्रेस रहेको छ ।

तर माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहालले चितवन काँग्रेसले भनेर केही नहुने गठबन्धन माथी बाटै हुने र मेयर आफनो पार्टीले लिने बताउँदै आउनु भएको छ । साथै दाहालले छोरी एवं हालका मेयर रेणु दाहाललाई नै उठाउने मनस्थिती बनाउनु भएको छ ।

चितवन कांग्रेसले भनेर केही हुँदैन– प्रचण्ड, चितवनमा गठबन्धन भए दुर्घटना हुन्छ– सतार

चितवन नै पुगेर माओबादी नेतृत्वले निरन्तर दाबी गरेपछि कांग्रेस केन्द्रीय सदस्यहरू टेकप्रसाद गुरुङ, दिनेश कोइराला, जिल्ला सभापति राजेश्व खनाल, निर्वतमान सभापति जितनारायण श्रेष्ठ र नेता जगन्नाथ पौडेलको टोलीले आफनो नेताहरु लाई चितवन को मेयर छाड्न नसकिने जनाएका छन् । उनिहरुले गठबन्धनको निर्वाचन तयारी एवं अनुगमन समितिका संयोजक रामचन्द्र पौडेललाई भेटेर भरतपुर महानगरपालिकाको मेयर कांग्रेसले छाड्न नसक्ने स्पष्ट पारेका हुन् ।

उनिहरुले यस पटक पनि भरतपुरको मेयर छाड्ने हो भने चितवनमा काग्रेसको संगठन ध्वस्त हुने चेतावनी दिएका छन् । चितवनबाट आएको काग्रेस टोलीले पार्टी सभापति शेरबहादुर देउवा तथा पार्टीका अन्य पदाधिकारीहरुलाई समेत यस बिषयमा ध्यानकर्षण मूलक दवाब दिने भएका छन् ।